Registration No. S0019350 of 2021-2022 under the West Bengal Societies Act XXVI of 1961

श्रीवत्स
पुण्डरिक
ध्वज
कलश
चमर
मत्स्ययुग्म
छत्र
शंख

अखिल भारतीय नेवार संगठनको वर्ष २०२५–२६ को केन्द्रीय साधारण सभा सम्पन्न

*अखिल भारतीय नेवार संगठनको वर्ष २०२५–२६ को केन्द्रीय साधारण सभा सम्पन्न*

अखिल भारतीय नेवार संगठन (अ भा ने स) केन्द्रीय समितिको आर्थिक वर्ष २०२५–२६ को वार्षिक साधारण सभा गत ३ अक्टोबर २०२६ का दिन मणी कुमार सुब्बा गोर्खा भवन, गुवाहाटी, आसाममा भव्यताका साथ सम्पन्न भयो ।

अखिल भारतीय नेवार संगठन केन्द्रीय समितिका अध्यक्ष भाजु सूर्य नारायण प्रधानको अध्यक्षतामा सम्पन्न यस वार्षिक साधारण सभामा भारतका विभिन्न राज्यहरूबाट उपस्थित सम्पूर्ण पदाधिकारीगण तथा कार्यकारी सदस्यगणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संगठनका केन्द्रीय समितिका महासचिव भाजु सञ्जय मणि प्रधानले गरेका थिए ।

संस्थापक सदस्य भाजु सुनिल जोशी र केन्द्रीय अध्यक्ष भाजु सूर्य नारायण प्रधानद्वारा झन्डात्तोलन गरी वार्षिक साधारण सभाको सुरुवात गरियो, त्यसपछि सुकुन्दा प्रज्वलन र सम्पूर्ण सदस्यहरूद्वारा नेवार जातीय गीतको गायन सम्पन्न भयो। अ भा ने स का दिवंगत सदस्यहरू तथा नेपालमा हालै भएको विपद्का पीडितहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सभा सहभागीहरूले एक मिनेट मौनधारण गरे। त्यसपछि आसाम राज्य समितिका अध्यक्ष भाजु भक्त प्रधानले स्वागत मन्तव्य राखे । स्वागत मन्तव्यपछि केन्द्रीय समितिका महासचिव भाजु सञ्जय मणि प्रधानले महासचिवको प्रतिवेदन प्रस्तुत गरे जसलाई सर्व सम्मतिले पारित गर्‍यो। त्यस पश्चात केन्द्रीय समितिका सह-कोषाध्यक्ष भाजु नगेन्द्र मणि प्रधानले आय-व्यय तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरे।

वार्षिक साधारण सभामा प्रस्तुत गरिएका महत्वपूर्ण एजेन्डा एवं निर्णयहरू यसप्रकार रहेका थिए :

  1. उद्देश्य तथा संगठनात्मक गतिविधि: अखिल भारतीय नेवार संगठनको प्रमुख उद्देश्य भारतभर छरिएर रहेका नेवार समुदायलाई एउटै साझा भावनात्मक तथा संगठनात्मक सूत्रमा बाँध्ने सशक्त राष्ट्रिय संस्थाका रूपमा विकास गर्नु रहेको छ। नेवार समुदायको एकता, भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्दै नयाँ पुस्तालाई पहिचानसँग जोड्न, विभिन्न राज्यहरूबीच समन्वय बढाउन र संगठनलाई अझ पारदर्शी तथा लोकतान्त्रिक बनाउन सभाले जोड दिए।
  2. नेवा सांस्कृतिक अध्ययन केन्द्र: खरसाङमा स्थापित ‘नेवा सांस्कृतिक अध्ययन केन्द्र’ मार्फत धार्मिक गुरु गुरुजु अलंकार शाक्यले नेवार पुरोहित ‘गुभाजु’ हरूलाई प्रशिक्षण दिने कार्य सुरु गरिएको छ। उनको कुशल मार्गदर्शनमा हालसम्म ३२ जना गुभाजुहरू प्रशिक्षित भइसकेका छन् भने २ जना प्रशिक्षणरत छन्। सबै राज्य समितिहरूलाई यस अध्ययन केन्द्रमा अधिकतम युवाहरू पठाउन अनुरोध गरिएको छ। यसै क्रममा आसामको शोणितपुरमा पनि नेवार संस्कृति अध्ययन केन्द्रको शाखा वा उपसमिति स्थापना गर्ने निर्णय गरिएको छ।
  3. डिजिटल पहलहरू: संगठनका गतिविधिहरू व्यापक रूपमा प्रवाह गर्न वेबसाइट (www.abnscc.com), युट्युब च्यानल तथा समुदायभित्र वैवाहिक सम्बन्ध स्थापित गर्न वेबसाइटमा म्याट्रिमोनियल साइट सञ्चालनमा ल्याइएको छ। आगामी दिनमा यी डिजिटल माध्यमहरूलाई अझ उपयोगी र आकर्षक बनाउन आवश्यक सुधार तथा प्रचार–प्रसार गरिनेछ।
  4. ड्रेस कोड: संगठनका सदस्यहरूका लागि एकरुपता कायम गर्न निर्धारित पोशाक (ड्रेस कोड) लागू गर्ने सम्बन्धमा विस्तृत छलफल गरियो।
  5. जनगणना सम्बन्धी: आगामी जनगणनामा समुदायको जात, भाषा लगायतका विवरणहरू सही ढङ्गले सूचीकृत गराउने विषयमा महत्वपूर्ण छलफल भयो।
  6. नेपाल विपद् राहत सहयोग: नेपालका ‘नेवा देउ देबु’ को अनुरोध बमोजिम नेपालमा आएको विपद्का पीडितहरूका लागि शिघ्रै आर्थिक सहयोग पठाउने निर्णय गरियो।
  7. केन्द्रीय स्तरमा अन्य पिछडिएका वर्ग र अनुसूचित जनजाति अन्तर्गत नेवार समुदायका समस्या तथा अधिकारका मुद्दाहरूलाई जोडका साथ उठाने विषयमा छलफल भयो।
  8. उप-समितिहरूको गठन: संगठनको कार्यलाई थप व्यवस्थित, प्रभावकारी र गतिशील बनाउन विभिन्न विधागत उप-समितिहरू निर्माण गर्ने निर्णय गरियो साथै नेवार संस्कृति अध्ययन केन्द्रको नयाँ उपसमिति गठन गरियो।
  9. धार्मिक तथा सांस्कृतिक क्यालेण्डर: संगठनद्वारा समुदायको चाडपर्व तथा धार्मिक तिथि-मिति समेटेर तयार पारिएको क्यालेण्डर (पात्रो) लाई सभाले औपचारिक रूपमा अनुमोदन गर्‍यो।
  10. कोष वृद्धि: केन्द्रीय समितिको आर्थिक अवस्थालाई सबल बनाउन आर्थिक संकलनका विभिन्न उपायहरूबारे छलफल गरियो।
  11. नियम तथा विधान: वर्तमान आवश्यकता र समयसापेक्षतालाई मध्यनजर गर्दै संगठनको संविधानबमोजिम आवश्यक नियमहरू तर्जुमा गरिनेछन्।
  12. आगामी प्राथमिकताहरू: आगामी दिनमा संगठनको देशव्यापी विस्तार, युवा पुस्ता अनि महिलाहरुको सक्रिय सहभागिता, नेवारी भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, विभिन्न समितिहरूबीच सुदृढ समन्वय, सदस्यता विस्तार र संगठनलाई परिणाममुखी बनाउने प्रमुख प्राथमिकताहरू निर्धारण गरिएका छन्।
  13. अन्त्यमा, केन्द्रीय अध्यक्ष भाजु सूर्यनारायण प्रधानले आफ्नो समापन वक्त्तव्य प्रस्तुत गरे र वर्तमान केन्द्रीय समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा सहयोग पुर्‍याउने केन्द्रीय, राज्य, आंचलिक तथा शाखा समितिका सम्पूर्ण पदाधिकारीगण, कार्यकारी सदस्यगण, अग्रज व्यक्तित्वहरू, महिला प्रतिनिधिहरू र समग्र भारतीय नेवार समुदायप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। सदस्यहरूको एकता, अनुशासन र सामूहिक भावना नै संगठनको वास्तविक शक्ति रहेको र सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समुदायको उज्ज्वल भविष्यका लागि एकताबद्ध भई अघि बढ्न उनले आह्वान गरे। वार्षिक आम सभालाई भव्य र सभ्य रूपमा सफल बनाउन आसाम राज्य समितिको भूमिका अतुलनीय रह्यो। सभाका प्रत्येक गतिविधि, व्यवस्थापन र अन्य सम्पूर्ण चाँजोपाँजो निकै व्यवस्थित र प्रशंसनीय ढंगले मिलाइएकोमा साथै यस अथक प्रयास, कुशल व्यवस्थापन र सक्रियताका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन सम्भव भएकोले सभाले आसाम राज्य समिति प्रति धन्यवाद तथा आभार प्रकट गरे ।

अन्तमा राष्ट्रिय गान गाएर वार्षिक साधारण सभा समापन गरियो।


*Annual General Meeting of Akhil Bharatiya Newar Sangathan Central Committee for the Year 2025–26*

The Annual General Meeting of the Akhil Bharatiya Newar Sangathan Central Committee for the financial year 2025–26 was grandly and successfully held on October 3, 2026, at the Mani Kumar Subba Gorkha Bhawan in Guwahati, Assam.
Chaired by Bhaju Surya Narayan Pradhan, the President of the ABNS Central Committee, the annual general meeting witnessed remarkable participation of office bearers and executive members arriving from various states across India. The proceedings of the event were conducted by the General Secretary of the Central Committee, Bhaju Sanjay Mani Pradhan.

The AGM commenced with the hoisting of the organizational flag by founding member Bhaju Sunil Joshi and Central President Bhaju Surya Narayan Pradhan, followed by the traditional lighting of the Sukunda and the collective singing of the Newar anthem by all members. Attendees observed a minute of silence to pay tribute to the departed members of ABNS and to express solidarity with the victims of the recent natural disaster in Nepal. Following this, Bhaju Bhakta Pradhan, President of the Assam State Committee, delivered the welcome address. After the opening remarks, General Secretary Bhaju Sanjay Mani Pradhan presented the annual General Secretary report, which was passed unanimously. Subsequently, the Joint Treasurer of the Central Committee, Bhaju Nagendra Mani Pradhan, presented the financial accounts and audit report.

The major agendas discussed and resolutions passed during the Annual General Meeting are outlined below:

  1. Objectives and Organizational Activities: The primary objective of the Akhil Bharatiya Newar Sangathan is to evolve into a powerful national institution that binds the Newar community scattered across India into a single emotional and organizational thread. The assembly emphasized preserving the unity, language, culture, art, and literature of the Newar community, connecting the younger generation with their heritage, enhancing coordination between different states, and making the organization more transparent and democratic.

    Newa Cultural Research Centre: Through the ‘Newa Cultural Research Centre’ established in Kurseong, religious leader Guruju Alankar Shakya has initiated training for Newar priests ‘Gubhaju’. Under his expert guidance. 32 Gubhajus have been fully trained so far, while 2 are currently undergoing training. All state committees have been requested to send maximum youth to this study center. Consequently, it was also decided to establish a branch or sub-committee of the Newar Culture Research Centre in Sonitpur, Assam.

    Digital Initiatives: To widely disseminate the organization’s activities, a dedicated website (www.abnscc.com) and a YouTube channel have been launched, alongside an integrated matrimonial portal on the website to facilitate community matchmaking. Necessary upgrades and extensive promotional activities will be undertaken in the coming days to make these digital platforms more effective and engaging.
  2. Dress Code: In-depth discussions were held regarding the implementation of a standardized dress code for organizational members to maintain uniformity and solidarity.
  3. Census Alignment: Crucial deliberations took place regarding ensuring the accurate recording and listing of the community’s caste, language, and demographic details in the upcoming national census.
  4. Nepal Disaster Relief Assistance: In response to a request from Nepal’s ‘Newa Deu Debu’, it was resolved to swiftly dispatch financial aid to support the victims of the recent disaster in Nepal.
  5. Advocacy for Rights: Detailed discussions were held regarding strongly advocating at the central government level for the rights and resolving the challenges faced by the Newar community under the Other Backward Classes (OBC) and Scheduled Tribes (ST) categories.
  6. Formation of Sub-Committees: To make the organization’s operations more streamlined, impactful, and dynamic, the assembly decided to form various specialized sub-committees, including a newly constituted sub-committee for the Newar Culture Research Centre.
  7. Religious and Cultural Calendar: The assembly formally approved and endorsed the community calendar compiled by the organization, which incorporates the community’s traditional festivals, rituals, and religious dates.
  8. Fund Augmentation: To fortify the financial health of the Central Committee, various strategies and avenues for fundraising and capital generation were explored.
  9. Rules and Constitution: Keeping current requirements and changing times in mind, necessary regulatory frameworks and rules will be drafted in strict accordance with the organization’s constitution.
  10. Future Priorities: The primary priorities established for the road ahead include the nationwide expansion of the organization, driving active participation among youth and women, preserving the Newari language, literature, and culture, strengthening inter-committee coordination, widening the membership base, and making the institution strictly result-oriented.
  11. In conclusion, Central President Bhaju Surya Narayan Pradhan delivered his valedictory address, expressing deep gratitude to all central, state, regional, and branch committee officials, executive members, community elders, women representatives, and the Indian Newar community at large for their unwavering support during the current committee’s tenure. He emphasized that unity, discipline, and a collective spirit form the true strength of the organization, urging everyone to transcend personal interests and work cohesively for the bright future of the community.
  12. The assembly highly commended the Assam State Committee, noting that their dedication, efficient management, and active hospitality were unparalleled and played a pivotal role in organizing the annual general meeting so grandly and flawlessly. The house extended a formal vote of thanks and deep appreciation to the Assam State Committee for their tireless efforts.

The Annual General Meeting concluded with the singing of the National Anthem.