क्वाटी पुन्हीको हार्दिक शुभकामना!नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक पर्व ‘क्वाटी पुन्ही’ सम्पुर्ण देशमा हर्षोल्लासका साथ मनाइँयो। यस विशेष दिनमा नौ प्रकारका गेडागुडी (चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, सिमी, मकै र केराउ) लाई टुसा उमारी बनाइएको पोषिलो ‘क्वाटी’ खाने परम्परा छ।वर्षायामको खेतीपातीपछि शरीरलाई ऊर्जा र शक्ति दिन यो चाड मनाइन्छ साथै, प्रकृति र खेतीपातीमा सहयोग गर्ने भ्यागुतोलाई कृतज्ञता स्वरूप खेतमा गएर भात र क्वाटी चढाउने (ब्यांचा जा नकेगु) अनौठो परम्परा पनि रहेको छ। यो पावन पर्वले सम्पुर्ण नेवार परिवारहरुको स्वास्थ्य राम्रो रहोस, आपसी सद्भाव र पारिवारिक मिलन झन् प्रगाढ बनोस्!
सुभाय।














