Registration No. S0019350 of 2021-2022 under the West Bengal Societies Act XXVI of 1961

श्रीवत्स
पुण्डरिक
ध्वज
कलश
चमर
मत्स्ययुग्म
छत्र
शंख

Constitution (नेपाली)

संविधान - २०२२ (संशोधित)

अखिल भारतीय नेवार संगठन

पंजीकृत सं० : २०२१-२२ को S0019350
स्थापना : २० जुन १९९३।
मुख्य कार्यालय : दार्जिलिङ, पश्चिम बंगाल।

विषय सूची

प्रस्तावना:

अखिल भारतीय नेवार संगठन भारतभरि छरिएर बसोबास गरिरहेका नेवार समुदायलाई सर्वप्रकारले सचेत गराइ शान्तिपूर्ण गणतान्त्रिक पद्धतिमा आधारित संघर्षको माध्यमबाट जागरुक गराउँदै जातीय भाषा लिपि संस्कार संस्कृतिको पुनरत्थान गर्नुको साथसाथै नेवार जातिलाई संस्कारगत रूपमा एक रूपता प्रदान गर्दै नेवार जातिले वर्तमानसम्म झेल्दै आएका र भविष्यमा आईपर्ने जातीय सामाजिक विसंगतिहरू आर्थिक, सांस्कृतिक र राजनैतिक समस्याहरूको सही विश्लेषण गरी समाधानको लागि सठिक र उपयुक्त पद्दक्षेप लिने एक सामाजिक संगठन हो। यो एक गणतान्त्रिक संस्था भएकाले यसका कार्यबद्धता पनि गणतान्त्रिक पद्धतिबाटै निर्धारित हुनेछन् । यो संस्था आम नेवार जनसाधारण माथि निर्भरशील एवं उत्तरदायी हुनाले यसका प्राथमिक कार्यहरू तृणमूल पर्यायबाटनै आरम्भ हुनेछ|

सांगठानिक कार्यहरूमा शुद्धता ल्याउन र कार्यकर्ता बिचको गलत धारणा मेटाउन आपसमै स्वच्छ आलोचना आत्मालोचना संघको कार्यशैली रहनेछ| अखिल भारतीय नेवार संगठनको नेतृत्व टोली निर्धारणको क्षेत्रमा ध्यान राख्नुपर्ने विषयहरूः

  • उच्च स्तरीय साक्रिय नेतृत्व|
  • प्रगतीशील विचारधारा राख्ने व्यक्ति।
  • जनसाधारण र परिवर्तन परिस्थितिबाट शिक्षा लिने मनोभाव ।
  • जाति हितका लागि उच्चतम त्याग गर्नसक्ने व्यक्तित्व ।
  • सदैव सचेतन, आत्मत्यागी, कर्मठता, ईमानदारी र स्पष्टवादीलाई प्राथमिकता दिइनेछ ।


      माथि उल्लेखित सारांशहरूलाई हृदयगम गर्दै अं. दिनांक २०.०६.१९९३ को दिन पश्चिम बंगाल राज्यको दार्जीलिङ जिल्ला अन्तर्गत ‘‘मिरिक’’ शहरमा भाजु स्व-जयनारायण प्रधान,भाजु अरूणभक्त प्रधान र भाजु सुनिल नेवार जोशीको संयुक्त आह्वानमा बसेको विधिवत सभाले भाजु अरूणभक्त प्रधान ज्यूलाई अध्यक्ष र भाजु सुनिल नेवार जोशीज्यूलाई मूलसचिवको पदभार सौप्दै ‘‘दार्जीलिङ नेवार संगठन’’ को नामकरणले पहाडभूमिमा अभिष्ठ भएको यो संस्था परवर्तीकालमा विस्तार गर्दै दिनांक अं २७.२८.२९.२००२ को दिन बाग्राकोट ‘‘डुवर्स’’ मा भएको पॉंचौ महाअधिवेशनले भाजु स्व० डी० एन० प्रधानज्यूलाई अध्यक्ष र भाजु एस० पि० प्रधानज्यूलाई महासचिवको पदभार सौपदै अखिल भारतीय नेवार संगठनको नामकरणले विभिन्न राज्यहरूमा विस्तारको क्रम जारी राख्दै वर्तमान अं. दिनांक ३ अप्रेल २०२२ को दिन सिलगढ़ीमा भएको छैटौँ महाअधिवेसनको प्रतिनिधि सभाले भाजु सूर्य नारायण प्रधानलाई अध्यक्ष र भाजु श्याम प्रधानलाई महासचिवको पदभार सौपदै अखिल भारतीय नेवार संगठनको संविधान चौथो संविधान संशोधन समिति गठन गरिन्छ सो समितिबाट तयार गरिएको यस संविधान अं. दिनांक २७/११/२०२३ मा बसेको केन्द्रीय समितिको विशेष प्रतिनिधि सभाले आजैबाट लागु हुने गरी यो संविधान ग्रहण गरिन्छ|

संविधान संशोधन समिति गृहित सभापति केन्द्रीय विशेष प्रतिनिधि सभा

१. भाजु शंकर नाथ प्रधानअध्यक्षडुवर्स, प० ब०
२. भाजु पुष्प राज श्रेष्ठसह-अध्यक्षगोलाघाट, आसाम
३. भाजु डि० के० प्रधानसदस्यदार्जिलिङ, पश्चिम बंगाल
४. भाजु श्यामलाल प्रधानसदस्यदार्जिलिङ, पश्चिम बंगाल
५. भाजु राजु प्रधानसदस्यदार्जिलिङ, पश्चिम बंगाल
६. भाजु सूर्य नारायण प्रधानसदस्यदार्जिलिङ, पश्चिम बंगाल
७. भाजु श्याम प्रधानसदस्यसिलगढ़ी, पश्चिम बंगाल
८. भाजु सुनिल जोशी नेवारसदस्यमिरिक, पश्चिम बंगाल
९. भाजु गणेश प्रधानसदस्यसिलगढ़ी, पश्चिम बंगाल

परिच्छेद – १

प्रारम्भिक

धारा संक्षिप्त नाम र प्रारम्भः

      (क) यस संस्थाको नाम ‘अखिल भारतीय नेवार संगठन’|

      (ख) यस संविधानको नाम ‘‘अखिल भारतीय नेवार संगठन’’ को संविधान २०२२ (संशोधन सहित) हुनेछ| यो सम्बन्धित निकायबाट स्वीकृत भएको मितिबाट लागु हुनेछ|

कार्यक्षेत्रः

      (ग) यस संस्थाको कार्यक्षेत्र भारतभरि रहनेछ|

      (घ) संस्थाको पञ्जीकृत संख्याः S0019350 of 2021-22 (S/84129 of 1993 to 2003) (S/IL/17295 of 2003-2004 to 2021)

      (ङ) संस्थाको पञ्जीकृत नाम Akhil Bharatiya Newar Sangathan संक्षेपमाः “ABNS भनिने छ|

      (च) पञ्जीकृत कार्यालयः OLD SUPER MARKET, 3rd FLOOR, ROOM No.C-41,DARJ DARJEELING.

      (छ) मूख्य कार्यालयः SALBARI, SILIGURI-734009

      (ज) स्थापना दिवसः २० जून १९९३

      (झ) संस्थापक राज्यहरूः पश्चिम बङ्गाल, सिक्किम, मेघालय आसाम।

      (ञ) झण्डाः सुनौलो रंगको कपड़ाको मलमा गहिरो निलो रंगको गोलाकार बिचमा दाहिनेपट्टि फर्केको सुनौलो रंगको प्रज्ज्वलित ‘सुकुण्ड’|

      (ट) झण्डाको नाप: डेढ फिट लम्बाई एक फुट चौडाईको अनुपातमा तयार हुनेछ | (३:२)

      (ठ) प्रतीकः अष्टमङ्गल |

      (ड) झण्डाको रंग, प्रज्ज्वलित सुकुण्ड अनि प्रतिक चिह्नको तात्पर्यः

झण्डाको रंग-

      झण्डाको रंग तथा प्रतीक चिन्हको तात्पर्यः सुनैलौ रंगले नेवार जातिको सुनौलो इतिहास र आर्थिक समृद्धिको दिशामा रहेको कार्यकुशलता दर्शाउँछ भने वृताकारमा रहेको निलो रङ्गले आकाशजस्तो विशालतम विचारधारामा आधारित रहदै हरेक जाति उपजातिहरूबिच समन्यय स्थापित गर्न सक्षम रहेको बुझाउँछ प्रज्जवलित सुकुण्डले नेवार समाजभित्र हरेक शुभकार्य कर्मकाण्डमा  सर्वप्रथम सुकुण्ड प्रज्जवलित गरी कार्य आरम्भ गर्ने सुसंस्कार रहेको दर्शाउँछ|

अष्टमङ्गल-

      अष्टदल कमलपत्र पनि भनिन्छ यसलाई शास्त्रक दृष्टिकोणमा सम्पूर्ण ब्रह्माण्डकै रूप मानिन्छ हाम्रो सुक्ष्म शरीरको रुप र योगको आठ अंगको रुपमा पनि परिभाषिक गरिन्छ, १ यम, २ नियम, ३ आशन, ४ प्रणायम, ५ प्रव्याहार, ६ धारण, ७ ध्यान, ८ समाधी आदि तन्त्रमन्त्र यन्त्रमध्ये यन्त्रको स्वरुप मानिन्छ। धर्मचक्रको रुपमा पुजिन्छ, १ श्रीवत्स, २ पुण्डारिक, ३ ध्वज, ४ कलश, ५ चरम, ६ मत्स्ययुग्म, ७ छत्र, ८ शंख, आदि। अष्ट मातृकाको स्वरुप मान्दै पुजा गरिन्छ १ महाकाली, २ महालक्ष्मी, ३ महासरस्वती, ४ ईन्द्रायणी, ५ व्रह्मायणी, ६ कुमारी, ७ वैष्ण, ८ बाराही आदि|

धारा ) परिभाषाः

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस संविधानमाः

      (क) विधान भन्नाले ‘अखिल भारतीय नेवार संगठन’ को संविधानलाई सम्झनु पर्दछ|

      (ख) अभानेस अथवा “”ABNS” भन्नाले ‘अखिल भारतीय नेवार संगठन’ लाई सम्झनु पर्दछ|

      (ग) नियमावली भन्नाले विधानबमोजिम तर्जुमा भएको नियमावलीलाई सम्झनु पर्दछ|

      (घ) समिति भन्नाले संस्थाको केन्द्रीय समितिलाई सम्झनु पर्दछ| यो शब्दले विधानबमोजिम गठन भएको संस्थाको सांगठनिक संरचना अन्तर्गतको सम्पूर्ण समितिहरूलाई समेत जनाउँदछ|

      (ड) महाअधिवेशन भन्नाले यस संस्थाको राष्ट्रिय अधिवेशनलाई सम्झनु पर्दछ| अधिवेशन भन्नाले संस्थाको सांगठनिक संरचनाअन्तर्गतका प्रदेश (राज्य), जिल्ला, अञ्चल, शाखा अधिवेशनलाई सम्झनु पर्दछ|

      (च) बैठक भन्नाले अ-भा-ने-स को केन्द्रीय समितिको बैठक सम्झनु पर्दछ| यो शब्दले विधानबमोजिम गठन भएको संस्थाको संरचनाअन्तर्गतको समितिको बैठक समेतलाई जनाउँदछ|

      (छ) सदस्य भन्नाले संस्थाका सबै प्रकारका सदस्यहरूलाई सम्झनु पर्दछ|

      (ज) वार्षिक साधारण सभा /Annual General Meeting/AGM भन्नाले संस्थाका राष्ट्रिय अधिवेशनलाई सम्झनु पर्दछ| संस्थाको राज्य, जिल्ला, अञ्चल, शाखा समितिको अधिवेशनलाई सम्झनु पर्दछ|

      (झ) आबद्ध संस्थाः आवद्ध संस्था भन्नाले संस्थासित आबद्ध संस्था सम्झनु पर्दछ|

      (ञ) संस्थापकः संस्थाका सृष्टिकर्ता मानिएका शिर्षस्थ सदस्यगण|

      (ट) संरक्षकः संस्थाका पालनकर्ताको रुपमा आसीन रहने र संस्थामा संकट आइपरेको खण्डमा संकटहरूको समाधान गर्न सदैव सक्रिय रहने सदस्य| सदस्याहरू सम्झनु पर्दछ|

      (ठ) आजीवन सदस्य भन्नाले निर्धारित अनुदान राशी भुक्तान गरेर संस्थामा आजीवन सदस्यको पदमा रहने सदस्यलाई सम्झनु पर्दछ|

      (ड) प्रवेश शुल्क भन्नाले संस्थामा पहिलोपटक वा पुनः सदस्यता हॉंसिल गर्नलाई दिनपर्ने केन्द्रीय समितिद्वारा तोकिएको रकमलाई सम्झनु पर्दछ|

      (ढ) सदस्यता मासिक शुल्क भन्नाले संस्थाको सदस्यता कायम राख्न महिनावारी भुक्तान गर्न पर्ने समितिद्वारा तोकिएको रकम सम्झनु पर्दछ|

      (ण) दान भन्नाले कुनै नेवार सदस्या या अन्य सम्प्रदायका शुभचिन्तकले स्वेच्छापूर्वक दिएको राशी अथवा वस्तु (cash and kind) सम्झनु पर्दछ|

      (त) अनुदान भन्नाले कुनै पनि सरकारी/ गैरसरकारी वा व्यक्तिले निश्चित रकम तोकी दिएको धनराशी सम्झनु पर्दछ|

      (थ) संस्था संगठन भन्नाले ‘‘ अखिल भारतीय नेवार संगठन ’’ बुझ्नु पर्दछ|

      (द) केन्द्रीय समितिः अखिल भारतीय नेवार संगठनको राष्ट्रिय स्तरमा गठित सर्वोच्च कार्यकारिणी समिति|

      (ध) राज्य समितिः केन्द्रीय कमिटीका अधीनस्थ राज्य स्तरमा गठित कार्यकारिणी समिति|

      (न) अञ्चल (जोनल) कमिटी: प्रत्येक राज्यभित्र प्रशासनिक सुविधाको निम्ति सम्पूर्ण जिल्लाभित्र क्षेत्र क्षेत्र लिएर गठन गरिएको कार्यकारिणी समिति|

      (प) शाखा समितिः कुनै गाउँ या क्षेत्रमा पर्याप्त संख्यामा नेवार परिवारहरूको उपस्थिति भएमा साथै शाखा समितिको निम्ति आवश्यक सदस्यहरूको संख्या उपलब्ध भएको खण्डमा त्यस्ता इलाकामा अञ्चल अधीनस्थ गठित समिति|

      (फ) पदाधिकारीः प्रत्येक स्तरमा गठित समितिहरूको सञ्चालन एवम् प्रशासनको निम्ति मनोनित गरिएका पदस्थ सदस्य|

      (ब) कार्यकारिणी समितिः प्रत्येक स्तरमा कार्य सञ्चालनको निम्ति निर्वाचित/ मनोनित पदाधिकारीहरू लिएर गठन गरिएको समिति|

      (भ) कार्यकारिणी सदस्यः प्रत्येक स्तरमा गठित समितिहरूको सञ्चालन एवम् प्रशासनको निम्ति निर्वाचित / मनोनित सदस्य जसले संगठनमा आयोजन गर्न पर्ने कतिपय कार्यक्रम र योजनाहरूलाई सम्पन्न गर्नाका निम्ति समितिको अध्यक्षद्वारा निर्धारित कार्यभार वहन गर्दछ|

      (म) कोषः समितिले प्राप्त गरेको प्रवेश शुल्क, सदस्यता शुल्क, दान, अनुदान, विक्रय राशी एवम् धरोहर आदि सम्बन्धि समितिको कोषमा राखिने मुष्ठ धन।

      (य) वित्तीय वर्षः  यो संगठनको वित्तीय वर्ष १ अप्रेलदेखि ३१ मार्चसम्म रहनेछ ।

परिच्छेद – २

धारा ३) उद्देश्य तथा कार्यहरू (लक्ष्य एवम् उद्देश्य)

(१) उद्देश्यहरूः अ-भा-ने-संगठन मुनाफारहित जनहितकारी संस्था हो, भारतको प्रचलित एवं स्थापित ऐन कानुनको परिधिभित्र रही यस संस्थाको उद्देश्य प्राप्तिको प्रयास गर्नेछ जो यस प्रकार छः

    (क) सम्पूर्ण नेवारहरूलाई हामी नेवार हौं भन्ने भावनाको विकास गर्दै संगठित गर्न, अखिल भारतीय नेवार संगठन एक विशुद्ध सामाजिक संस्था हो| यस संस्थाको राजनीतिसँग केही सम्बन्ध रहने छैन| तर कुनै पनि राजनीतिक संस्थाका नेवार वा नेवारहरूले भने यस संगठनको सदस्यता ग्रहण गर्ने सक्नेछन्|

      (ख) नेवार भएर जन्मिनुमा गौरवको भावना अभिवृद्धि गराई नेवारहरू बीच आपसी सहयोगको भावना विकास गराउने,

      (ग) नेवारका इतिहास संस्कृति, साहित्य, भाषा, कला, संगीत, भेषभूषाको महत्त्वबोध गराई संरक्षण र सम्वर्धन गर्ने, प्रचार प्रसारको कार्य गर्ने,

      (घ) नेवारहरूको आर्थिक सामाजिक शैक्षिक र सांस्कृतिक संरक्षण, सम्वर्धन अनि अधिकार प्राप्तिका लागि कार्य गर्ने,

      (ङ) नेवारहरूको सामाजिक, सांस्कृतिक र आर्थिक सुधार गर्न सक्ने किसिमका अन्य क्रियाकलाप सञ्चालन गर्ने,

      (च) नेवार जातिको प्रचलित रीति-रिवाज र संस्कारहरूमा एक रुपता ल्याउका साथै प्रचलित परम्परा जस्तै म्ह पूजा, कैता पूजा, इही संस्कार, इन्द्र जात्रा आदि पालन गर्ने प्रयास गर्नु,

      (छ) नेवार जातिको सामाजिक उत्थानको निम्ति, परिकल्पना र कल्याणकारी योजनाहरू तयार पार्नु एवम् प्रतिपादन गर्नु,

      (ज) संगठनको चल अचल सम्पत्तिको संरक्षण गर्नु संस्थाको लक्ष्य एवम् उद्देश्य पूर्तिको निम्ति, संस्थाको विकास कार्यको निम्ति प्रयोग गर्नु,

(२) कार्यहरूः संस्थाको उद्देश्य प्राप्तिका लागि गरिइने कार्यहरूः

      (क) भाषा, साहित्य, रीतिरिवाज, संस्कृति उत्थानका लागि नेवारहरू बीच चेतना जगाउन समय समयमा राष्ट्रिय तथा स्थानीय स्तरमा आवश्यक कार्यक्रम र अभियान सञ्चालन गर्न,

      (ख) नेवारहरूको जातीय चिन्हारीको आधारमा भाषा, लिपि, कला, रीतिथीति, चाडपर्व, पहिरन, परिकार आदिका संरक्षण, सम्बर्द्धनका लागी समय समयमा प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, सम्मेलन आयोजना गर्ने,

      (ग) विषयगत संगठनहरू निर्माण गर्न, नेवाःभयानु गुठी, युवा गुठी गठनगर्न, भिसा गुठी ।

      (घ) आबद्ध संस्थाहरू मार्फत नेवारहरूको आर्थिक, सामाजिक, सांस्कृतिक उन्नतिका लागि विभिन्न कार्य गर्न गराउन ।

      (ङ) भाषा, लिपि, संस्कृतिका प्रचार-प्रसार, संरक्षण र सम्बर्धनका लागी कक्षा, शिविर सञ्चालन गर्ने, गराउने ।

      (च) संस्थाका निम्ति दान, चन्दा (शुल्क) संग्रह गर्ने ।

      (छ) संस्थालाई सघाउ पुर्याउन ती सबै पूर्ववर्ती प्रासंगिक विषयवस्तु जो आवश्यक छ, ठानिन्छ ती सबै कार्य गर्ने ।

      (ज) संस्थाका सदस्यहरूलाई बिमारी, दुर्घटना एवम् मृत्यु भएमा आवश्यकताअनुसार सहयोग पुर्याउने, गरीब मेधावी विद्यार्थीहरूलाई सहयोग गर्ने ।

      (झ) संस्थाद्वारा आर्जित अथवा प्राप्त गरिएका आय एवम् चल-अचल सम्पत्ति जे छ, ती सबै संस्थाको लक्ष्य एवं उद्देश्य पूर्ति तथा संस्थाको विकास कार्यको निम्ति प्रयोग गरिनेछ| संस्थाको सम्पत्ति अथवा सम्पत्तिको कुनै अंश लाभ स्वरूप कुनै पनि सदस्यहरू माझ तिर्नु, भुगतान गर्नु अथवा भागा-बडा गर्न पाइने छैन।

      (ञ) संस्थालाई आवश्यक पर्ने चल-अचल सम्पत्ति खरिद गर्ने,निर्माण गर्ने वा आवश्यक व्यवस्था गर्ने।

नियमन:

परिच्छेद – ३

धारा४) सदस्यता

(१) संस्थाले प्रदान गर्ने सदस्यताको प्रकार यसप्रकार रहनेछ|

      (क) संस्थापक सदस्य

      (ख) साधारण सदस्य

      (ग) आजीवन सदस्य

२) सदस्यता शुल्क र सदस्यता प्रदान गर्न कार्य

      (क) सदस्यता :

      जसले नेवार जातिको परम्परा संस्कृति, रीति रिवाज मानेर चल्ने वा चल्न इच्छुक नवार जसलाई संगठनले तोके बमोजित शुल्क आदिको रकम मुक्तान गरेर परिचय पत्र प्राप्त गर्न पर्ने वाध्यता रहेको सदस्य मानिने छ|

      (ख) सदस्यता ग्रहण गरेपछि संगठनले तोकेको शुल्क नियमित रूपमा भुक्तान गर्न पर्नेछ| संगठनको सम्बन्धित समितिले लिएको फैसलामा एकमत हुनुपर्नेछ| संगठनको संविधान व्यवस्थापन नियमावली लिखित रूपमा स्वीकारर विधिवत पालन गर्नुपर्छ|

      (ग) प्रत्येक नेवार परिवारको घरबाट योग्य व्यक्ति नै संगठनको सदस्य हुन सक्छ | यदि धुरी छुट्टिएपछि त्यस धुरीको योग्य सदस्यले नयाँ सदस्यता ग्रहण गर्नु पर्ने छ।

      (घ) नयॉं सदस्यको भर्नाको निम्ति व्यक्तिगत आवेदन पत्र केवल स्थानीय शाखा समितिमा प्रस्तुत गरिन्छ| अञ्चल, राज्य र केन्द्रीय समितिका कार्यालयहरूमा भने सदस्यता ग्रहण गराउने प्रावधान रहने छैन| तर सदस्यता प्रदान गरेपछि अञ्चल र राज्य समितिको स्वीकृतिको अनिवार्यता रहनेछ|

      (ङ) सदस्यता प्रदान गर्ने क्रममा कुनै दुविधा उत्पन्न भएको खण्डमा शाखा समितिले आञ्चलिक समितिसँग सरसल्लाह गरी निर्णय लिनेछ| आवश्यक परे आञ्चलिक समितिले राज्य समितिसँग सर-सल्लाह गर्नेछ अनि राज्यले निर्णय लिनेछ|

      (च) नयॉं सदस्यहरूको भर्नाको निमित्त सम्बन्धित शाखा समिति पूर्णरूपले उत्तरदायी रहनेछ| कुनै सदस्यको सदस्यता लिएर सामाजिक वा कानुनी झैँ झमेला सृष्टि भएको खण्डमा सम्बन्धित शाखा समिति नै पूर्ण रूपले जिम्मावार हुनेछ|

      (छ) कुनै एउटा शाखा समिति अर्को शाखा समितिको अधिनस्थ रहनेछैन| शाखा समितिको सोझै अञ्चल समितिसित र आवश्यक अनुसार अथवा परिस्थितिवंश राज्य र केन्द्रीय समितिसित पनि सम्पर्क रहन सक्नेछ|

      (ज) प्रत्येक सदस्यले ‘‘जातिलाई उसको संस्कृतिले जिउँदो बनाएर राख्छ’’ भन्ने महान उक्तिलाई सर्वोपरी मान्यता दिनु पर्नछ|

(३)

      (क) संस्थापक सदस्यः २० जून १९९३ मा दार्जीलिङ जिल्लाको कान्छा शहर मिरिकमा संस्थाको स्थापना भई ‘‘ संगठनको इतिहासमा प्रथम पटक २० जुन १९९६ को दिन मिरिकको टयुरिस्ट लजमा स्थापना दिवस पालनको अवसरमा यो संस्थाले मूल्याङ्कन गरे अनुसार यसै उपलक्ष्यमा सर्वश्री जे.एन. प्रधान (सौरेनी), ए.वी. प्रधान (मिरिक) र सुनिल नेवार जोशी (नौ माइल थर्वु चियाबारी) लाई संगठनका संस्थापकवर्ग भनी घोषणा गरिएबमोजिम उक्त तीनजनालाई संस्थापक सदस्य भनिनेछ|

      (ख) साधारण सदस्यः शाखा समितिले विधान बमोजिम योग्यता पुगेकाे व्यक्तिलाई तोकिए बमोजिम शुल्क लिई साधारण सदस्य प्रदान गर्न सकिनेछ| शाखा समिति बाहेक अरु कुनै तहका समितिले व्यक्तिगत सदस्यता दिन सक्ने छैन|

      (ग) आजीवन सदस्यः नेवाःभाषा, कला, संस्कृति, व्यापार व्यवसाय, राजनीतिक, सामाजिक आदि क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका व्यक्तिलाई तोकिएको शुल्क लिई प्रदान गरिएको सदस्य|

   *  स्मारिका- दार्जीलिङ नेवार संगठन- १९९८ Page ६३

धारा५ सदस्यको लागि योग्यता

१) साधारण सदस्यता प्राप्तिको निम्ति योग्यता

      (क) १८ वर्ष उमर पुगेका नेवार समुदायको भारतीय नागरिक हुनु पर्नेछ|

      (ख) संस्थाको विधान, नीति, नियम, निर्देशिका निशर्त मान्न मञ्जुर गर्ने|

      (ग) धारा ४-२ उपधारा क,ख,ग मा उल्लेखित भएअनुसार |

धारा-६) आजीवन सदस्यताको व्याख्या-

१) आजीवन सदस्यताको १) केन्द्रीय समितिले देशभरिका नेवाः समुदायअर्न्तगत समाज सेवाको भावना राख्ने नेवाः भाजु तथा मयजुहरूसँग सम्पर्क राखी उनीहरूलाई ‘‘ आजीवन सदस्यता ’’ ग्रहण गरिदिन आग्रह गर्नु पर्नेछ|

२) केन्द्रीय समितिमा रु० २५,०००/- (पच्चीस हजार )प्रदान गरेर संगठनको ‘‘ आजीवन सदस्यता ’’ ग्रहण गर्न सकिने छ| ‘‘ आजीवन सदस्यता ’’ भने पछि ‘‘ अखिल भारतीय नेवार संगठन’’ को आजीवन सदस्य मानिनेछ| उक्त रकम समयानुसार बृद्धि हुनेछ।

३) आजीवन सदस्यता ग्रहण गर्ने सदस्यलाई प्रमाणपत्र एवम् संगठनको ‘‘ आजीवन सदस्यको प्रमाणपत्र’’ केन्द्रीय समितिद्वारा प्रदान गरिनु पर्नेछ|

४) आजीवन सदस्यता शुल्कबाट प्राप्त भएको रकमलाई राष्ट्रियकृत ब्याङ्कमा मियादी अक्षयकोषको रूपमा जमा गर्नुपर्नेछ र साधारण सभा वा केन्द्रको स्विकृतिमा यसको व्याजपत्र कुनै विशेष कार्यहरूमा खर्च गर्न सकिनेछ|

५) आजीवन सदस्यता ग्रहण गरेपछि निम्नलिखित सुविधाहरू/ अधिकारहरू उपलब्ध गराइनेछ|

      (क) जीवनकालभरको निम्ति मासिक सदस्यता शुल्कदेखि छुट|

      (ख) सल्लाहकार परिषदमा सदस्यता बहन गर्ने अवसर प्राप्त हुनेछ|

      (ग) कार्यकारिणी समितिको चुनाउमा भाग लिन सक्नेछन्|

      (घ) सबै स्तरमा आयोजित सभा वा अधिवेशनमा अतिथिकोरूपमा  सम्मान

      (ङ) केन्द्रीय समितिलाई कुनै पनि कार्यक्रम सफल तुल्याउनमा अघिलाग्ने|

      (च) आजीवन सदस्यता उसको जीवनकालसम्म समिति रहनेछ|

 धारा७) सदस्यको काम, कर्तव्य र अधिकार

      (क) माथिल्लो निकायको लागि प्रतिनिधि चयन गर्ने,

      (ख) बैठकहरूमा सक्रियतापूर्वक प्रतिनिधित्व गर्ने,

      (ग) निर्वाचन प्रक्रियामा भाग लिने,

      (घ) विधान र विधान अन्तर्गत तर्जुमा गरिएका नियमावली निर्देशिका र समय समयमा जारी गरिएका परिपत्र निशर्त पालन गर्ने,

      (ङ) तोकिए बमोजिम जिम्मावारी वहन गर्ने,

      (च) संस्थाले विशेष अवस्थामा सहयोग आह्वान गरेको खण्डमा सक्दो सहयोग गर्ने|

      (छ) कुनै सदस्य /सदस्या कुनै पनि समितिको पदाधिकारी अथवा कार्यकारिणी समिति वा साधारण सदस्य भएर उसले आफ्नो दायित्व दह्रिलो रहेको बुझेर प्रत्येक सभामा उपस्थित रहेर सहभागी रहनु पर्छ| संगठनको प्रगतिको निम्ति र संगठनलाई सुदृढ राख्नको निम्ति जसरी पनि सहयोग प्रदान गर्नुनैर्छ| अरु काम छोडर पनि संगठनको सभामा भाग लिने काम भइरहनुनै पर्छ|

      (ज) कुनै कारणले सभामा उपस्थित हुन नसकेको खण्डमा सभा आयोजन हुनअघि लिखित या व्यक्तिगत रूपमा अध्यक्षलाई सूचित गराउन प्रथम र प्रमुख कर्त्तव्य ठहर्दछ|

      (झ) संगठनले आयोजन गरको कुनै पनि कार्यक्रम किन नहोस् व्यक्तिगत वा आर्थिक रूपले सहयोग पुर्याएर सफल तुल्याउनमा सधैँ नै अग्रसर रहनु पर्दछ|

      (ञ) सबै सदस्यहरूले आफ्नो समितिमा आयोजित सभाहरूमा अंशग्रहण गरी प्रस्तावहरू आफ्नो विचार र सुझावहरू व्यक्त गरर कार्यक्रमहरूलाई सफल बनाउन सँधै अघि आउनु पर्नेछ|

धारा८) सदस्यताको समाप्ति / बरर्वास्ती / राजीनामा

(१) स्वयं सदस्यको मृत्यु भएको खण्डमा| सदस्यको सदस्यता नवीकरण भइसकेको खण्डमा सो अवधिको निम्ति मृतकको उत्तराधिकारील सदस्यतालाई कायम राख्न सक्ने प्रावधान रहनेछ|

(२) कुनै सदस्यले पनि बुनियादी सदस्यताबाट राजीनामा दिन सक्नेछैन| केेवल पदाधिकारीगण अनि कार्यकारिणी समितिका सदस्यहरूले सुम्पिएको पदभारबाट राजीनामा दिन सक्ने प्रावधान रहेकोछ| 

(३) निम्नलिखित परिस्थितिमा सदस्यलाई संगठनको सदस्यताबाट ‘बर्खास्त’ गरिन्छः बर्खास्तीको निम्ति कुनै पनि समितिद्वारा केन्द्रीय समितिमा उजुरी प्राप्त भएको हुनपर्छ| केन्द्रीय समितिका सदस्यवर्ग सम्बन्धि यस्ता कार्यवाही सोझै केन्द्रीय समितिले नै गर्नु सक्ने प्रावधान रहन्छ|

      (क) जानी बुझी संगठनको कोष हिनामिना गरेको प्रमाणित भएको खण्डमा|

      (ख) केन्द्रीय समितिको सिफारिस वा स्वीकृतिबिना संगठनको नाममा मनपरी अर्थ संग्रह गरेको प्रमाणित भएको खण्डमा|

      (ग) केन्द्रीय समितिले लिएको फैसलाको खिलाफ कार्य गरेको वा कुनै प्रकारको प्रचार-प्रसार गरेको खण्डमा|

      (घ) संगठनको संविधानमा तथा यसका नियमावलीहरूको प्रत्यक्ष वा परोक्ष रूपमा उलंघन गरेको वा विरुद्धमा कार्य गरेको प्रमाणित भएको खण्डमा|

      (ङ) सरकारी न्यायलयद्वारा दोषी ठहराएको खण्डमा| अनि अपराधिक दोष लागेर दोषी प्रमाणित नभएसम्म सदस्यता निलम्वन रहने छ। साधारण जनताको नकारात्मक धारणाबाट संगठनको सम्मान बचाउन यो कदम उठाइने छ।

      (च) मस्तिष्कीय रोगले विक्षिप्त तुल्याएको प्रमाणित भएको अवस्थामा|

(४) उक्त परिस्थितिमा केवल केन्द्रीय समितिको सभामा छानवीन गरेपछि ‘‘ कारण बताउ’’ पत्र जारी गरिनेछ अनि सठिक कारण प्राप्त भएको खण्डमा संगठनको कुनै सदस्यलाई सदस्यताबाट बर्खास्त गर्न सकिने प्रावधान रहनेछ|

(५) तर बर्खास्त गरिएको सदस्यले पुनः सदस्यता हॉंसिल गर्न चाहेको खण्डमा केन्द्रीय समितिको सभाले निर्णय लिनेछ| यदि कुनै शुल्क बकाया रहेको खण्डमा रकमको सतप्रतिशत वा निर्णय बमोजिम अतिरिक्त शुल्क लिई पुन सदस्यता प्रदान गर्न सकिनेछ| पुनः सदस्यता हॉंसिल गर्नलाई सोझै केन्द्रीय समितिकहॉं आवेदनपत्र पेश गरिने प्रावधान रहनेछ|

(६) सदस्यताबाट बर्खास्त गरिएको व्यक्तिको संगठनसँग कुनै दावी रहने छैन साथै संगठनको कोषमाथि उसको कुनै दावी वा अधिकार रहने छैन|

(७) केवल केन्द्रीय समितिले मात्र कुनै सदस्यलाई सदस्यताबाट बर्खास्त गर्न सक्छ| तर पदाधिकारी तथा कार्यकारिणी सदस्यको राजीनामा भने सम्बन्धित समितिद्वारा नै स्वीकार गर्न सकिनेछ| यसो भएको खण्डमा उच्चतर समितिलाई सूचित गर्न पर्ने प्रावधान रहनेछ|

धारा९) संरक्षक

(१) संगठनको पालनकर्त्ताको रूपमा संरक्षक रहनेछन्|

(२) संरक्षक भन्नाले अखिल भारतीय नेवार संगठनको संरक्षक बुझ्नुपर्छ|

(३) संरक्षकहरूले कुनै पनि समितिको सभामा उपस्थित रहेर सघाउ पुर्याउनेछन् | उचित परामर्श र सुझाव दिनेछन् तर उनीहरूको मताधिकार रहनेछैन| तिनका यस्ता परार्मश सुझावको स्वीकृति सभाको निर्णयामाथि निर्भर गर्छ| यस्ता परार्मश, सुझावको स्वीकृति भएपछि मात्र कार्यरुपमा परिणत गरिनेछ|

४) अंचल स्तरदेखि माथि निरन्तर संगठनको सेवामा सेवारत कम्तिमा पनि पाँच वर्ष सक्रिय सदस्यलाई उहाँको ज्ञान, अनुभव र त्याग हेरेर संरक्षक सदस्य बनाउन सकिनेछ ।

५) संरक्षकवर्गको संख्या निर्धारित रहने छैन|

६) संरक्षकको पद ग्रहण गर्ने सदस्यलाई केन्द्रीय समितिद्वारा संगठनको ‘‘ संरक्षकको प्रमाण पत्र’’ प्रदान गरिने व्यवस्था रहनेछ ।

७) संरक्षकवर्गको  निम्नलिखित विशेष प्रावधान रहनेछः

      (क) जीवनकाल भरिको निम्ति मासिक सदस्यता शुल्कदेखि छुट्|

      (ख) केन्द्रीय समितिको सिफारिसमा सल्लाहकार परिषदमा सदस्यता ग्रहण गर्ने अवसर प्राप्त हुनसक्नेछ|

      (ग) संरक्षकको स्तरमा आसीन रहेको हुनाले यस्ता सदस्य / सदस्याले कुनै पनि कार्यकारिणी समितिको चुनाउमा भाग लिने अधिकार रहने छैन|

परिच्छेद – ४

धारा१०) महाधिवेशन

      (क) महाधिवेशन अ० भा० ने० संगठनको सर्वोच्च अङ्ग हुनेछ| प्रत्येक तीन (३) वर्षमा महाधिवेशन हुनेछ|

      (ख) महाधिवेशन गठन

(१) केन्द्रीय समिति पदाधिकारी, सदस्य र सल्लाहकारहरू

(२) राज्य समितिबाट निर्वाचित चयनित प्रतिनिधि महाधिवेशनमा प्रतिनिधि हुनेछ|

(३) प्रत्येक आञ्चलिक समितिबाट समानुपातिक वा यथोचित प्रतिनिधित्वको संख्या राज्य समितिले सुनिश्चित गर्नेछ|

      (ग) केन्द्रीय समितिले ६० दिन अगाडी महाधिवेशनको सूचना सार्वजनिक गर्नेछ अनि ३० दिनभित्र सबै स्तरको सदस्यता नवीकरण गर्नुपर्नेछ| यसपछि दर्ता भएको नयॉं सदस्य र नवीकरण भएको सदस्यलाई महाधिवेशनमा चुन्नु र चुनिनु अथवा मनोनित गरिन वा मनोनित हुने अधिकार हुने छैन|

      (घ) महाधिवेसनमा केन्द्रीय समितिको नयॉं कार्यकारिणी समिति गठन गरिनेछ| यस अघि केन्द्र समितिको निर्देशानुसार संगठनको जम्मै शाखाहरू, अञ्चलसमिति र राज्य समिति जसको ३ (तीन) वर्षको मियाद /कार्यकाल समाप्त भइसकेको छ त्यस्ता सबै स्तरका समितिहरू भंग गरी नयॉं कमिटी गठन गर्ने प्रावधान रहनेछ|

      (ङ) महाधिवेसनमा संगठनको गतिविधि समिक्षा, उपलब्धि, कार्य विशेष प्रस्तावहरूको एवं जारी कार्यक्रम र योजनाहरूको वर्तमान स्थितिबारे आलोचना, वित्तिय प्रतिवेदन अनि भविष्यको कार्यक्रमबारे विचार विमर्श गरिनेछ|

      (च) गणपूरक संख्याः (कोरम)

      (छः) महाधिवेशनको अध्यक्षता केन्द्रीय समितिको अध्यक्षले गर्नेछ| अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष मध्ये एकलाई केन्द्रीय समितिको निर्णयले चयन गरिएका उपाध्यक्षले अध्यक्षता गर्नेछ|

      (ज) कुनै प्रस्तावमाथि छलफल गर्दा सभामा उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गरिनेछ| तर मत बरावर भएमा अध्यक्षले निर्णायक मत दिनेछ|

धारा११) महाधिवेसनको काम कर्तव्य र अधिकार

१)   (क) केन्द्रीय समितिले गरेका कामहरूको समीक्षा, मूल्याङ्कन गर्ने र पारित गर्ने|

      (ख) विधान संशोधन प्रस्ताव तथा केन्द्रीय समितिले तजुर्मा गरेका नियमावली, नीति, कार्यविधि निर्देशिकाहरू अनुमोदन गर्ने|

      (ग) केन्द्रीय समितिको निर्वाचन /चयन/ मनोनयन गर्ने|

      (घ) केन्द्रीय समितिले तोकेको लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक  अनुमोदन गर्ने|

      (ङ) सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित, अनुमोदन गर्ने|

२) संगठनका सबै स्तरका तथा केन्द्रीय कार्यकारिणी समिति, राज्य कार्यकारिणी समिति, आञ्चलिक कार्यकारिणी समिति अनि शाखा कार्यकारिणी समितिको कार्यकालको मियाद (३) तीन वर्षको रहनेछ| मियाद सकिएको ६ (छः) महिनाभित्र सबै स्तरका कार्यकारिणी समितिले वार्षिक साधारण सभा (AGM) डाकी नयॉं कार्यकारिणी समिति गठन गर्नु पर्नेछ| विशेष टार्न सकिने परिस्थितिमा नयॉं काः काः समिति गठन गर्न असफल भएमा काःकाः समितिको विशेष साधारण सभा डाकी छः( ६) महिनाको निम्ति कार्यकाल बनाउन सकिनेछ तर कुनै पनि अवस्थामा यस्तो वर्दित कार्यकालको १ (एक) वर्षभित्र नयॉं काः काः समिति गठन अनिवार्य रहनेछ| वार्षिक साधारण सभा (AGM ) शाखा कमिटीहरूले अप्रेल महिना भित्र, आञ्चलिक/ जिल्ला कमिटीहरूले १५ मई महिनाभित्रमा, राज्य कमिटीहरूले ३१ मई महिनाभित्रमा र केन्द्रीय कमिटीको जुन महिनाभित्रमा गर्नु पर्ने छ।

३) केन्द्रीय कार्यकारिणीमा उपरोक्त परिस्थितिमा केन्द्रीय सल्लाहकार समितिले हस्तक्षेप गर्न सक्नेछ, उचित कार्यलाई /व्यावस्था लिन सक्नेछन्|

४) राज्य समितिमा, आञ्चलिक समितिमा, शाखा समितिमा उपरोक्त परिस्थिति (११-२ धारा) भएको खण्डमा केन्द्र समितिले हस्तक्षेप गरी उचित कार्यवाई गर्नेछ, व्यवस्था लिन सक्नेछ|

परिच्छेद – ५

धारा१२) केन्द्रीय समितिको गठन र अन्य व्यवस्था

१) संस्थाको नीति निर्धारण तथा दैनिक कार्य सञ्चालन गर्ने ६१ .सदस्यीय केन्द्रीय समिति रहनेछ| समितिमा महिला सदस्यहरूको भागीदारी पर्याप्त मात्रामा सुनिश्चित गरिइनु पर्नेछ|

      (क)केन्द्रीय स्तरमा संगठनको एक केन्द्रीय समिति गठन हुनेछ,  जसमा प्रत्येक राज्य समितिको आम सभाद्वारा निर्वाचित ११,११ जना सदस्य/ सदस्या रहने छन्|

      (ख) यस्ता निर्वाचित सदस्य / सदस्याबाहेक केन्द्रीय समितिका अध्यक्षले सोझै २ जना सदस्य / सदस्या राज्यसमितिबाट मनोनित गर्न सक्नेछन्|

      (ग) केन्द्रीय समितिद्वारा मनोनित गरिने यस्ता चार सदस्य / सदस्याहरू राज्यभित्र कुनै पनि समितिका कर्मठ सदस्य / सदस्याहरूबाट लिनसक्ने प्रावधान रहनेछ|

      (घ) प्रत्येक तीन वर्षमा संवैधानिक तवरले पदाधिकारीको चयन गरिने छ| पदाधिकारीहरूको चुनाउको निम्ति प्रत्येक राज्य समितिले समयमा नै आफ्नो आम सभा /अधिवेशन गरिकन केन्द्रीय समितिको निम्ति  प्रतिनिधिको सूची केन्द्रीय समिति कहॉं पठाउनु आवश्यक छ|

      (ङ) केन्द्रीय समितिको आम सभा /अधिवेशन हुनअघि प्रत्येक स्तरमा गठित समितिहरूको हर हिसाबको लेखा परीक्षण केन्द्रीय समितिको निर्देशअनुसार भइसकेको हुनुपर्छ, जसको लिखित प्रतिवेदन केन्द्रीय समितिमा सुम्पनु पर्नेछ| आय व्ययको हिसाब आन्तरिक लेखापरीक्षण गरि यसको प्रतिवेदन (balance sheet) शाखा कमिटीहरूले अप्रेल महिना भित्रमा आञ्चलिक/जिल्ला कमिटीहरूले १५ मई महिनाभित्रमा र राज्य कमिटीहरूले ३१ मई महिनाभित्रमा केन्द्रीय कमिटीमा बुझाउनु पर्ने छ।

      (च) कुनै पनि सदस्य/ सदस्या दुई स्तरको कमिटीमा मात्र सदस्य रहने सक्ने छ।|

२) केन्द्रीय समितिका पदाधिकारीको विवरण अनि कार्यकारिणी समितिः

      (क) सभापति –  १

      (ख) वरिष्ठ उपाध्यक्ष – १

      (ग) उपसभापति –  प्रत्येक राज्यबाट १ जना

      (घ) महासचिव – १

      (ङ) सचिव – १

      (च) कार्यालय सचिव –  १

      (छ) सहसचिव – प्रत्येक राज्यबाट १ जना

      (ज) कोषाध्यक्ष –  १

      (झ) सहकोषाध्यक्ष-    १

      (ञ) कार्यकारी सदस्य आवश्यकताअनुसार बनाइने छ।

      (ट) अन्य राज्य जहॉं संगठनको समिति पूर्णाङ्ग रूपले गठन भएको छैन सम्पर्क स्थापित गरि भविष्यमा संगठन विस्तार गर्न ध्येयले २ (दुई) जना गरि स्थायी आमन्त्रित सदस्यको रूपैमा अध्यक्षले /सभापतिले मनोनित गर्नेछ|  तर उनीहरूको मताधिकार रहने छैन।

धारा१३) केन्द्रीय समितिको काम, कर्त्तव्य र अधिकार:

      (क) संस्थाको उद्देश्य प्राप्तिका लागि आवश्यक पर्ने विषयमा नीतिगत निर्णय गर्नु

      (ख) महाधिवेसन बोलाउने, छलफलको विषय तोक्ने तथा बजट तैयार गर्ने,

      (ग) महाधिवेशनले पारित गरेका कुराहरूको कार्यान्वयन गर्ने

      (घ) संस्थाको वार्षिक प्रतिवेदन तयार गर्ने र महाधिवेशनमा प्रस्तुत गर्ने

      (ङ) संस्थाको उद्देश्य पूर्तिको लागी सरकारी, गैरसकारी तथा अन्तराष्ट्रिय दातृसंस्थाहरूसँग सम्पर्क, सल्लाह र सुझाव लिने|

      (च) सबै सांगठनिक संरचनाअन्तर्गतका समितिहरूका कामहरू र नेवार जातिका संघ संस्थाहरूको काममा समन्वय गर्ने, गराउने|

      (छ) भारतबाहिरका नेवार संघ संस्थाहरूसँग सम्पर्क र समन्वय गर्ने|

      (ज) आवश्यकतानुसार विभिन्न विभाग गठन गर्ने,

(झ) आवश्यकता अनुसार विषयगत समिति गठन गर्ने|

      (ञ) विधानमा रही केन्द्रीय समितिले आवश्यक नीति, नियम, नियमावली, निर्देशिका निर्माण गर्ने, लागु गर्ने|

      (ट) आवश्यकतानुसार समिति, उपसमिति गठन गर्ने|

      (ठ) केन्द्रीय समितिले आवश्यक ठानेमा ३ जनासम्म संरक्षक मनोनयन गर्ने|

      (ड) आवश्यकतानुसार समाजमा विशिष्ट योगदान  पुर्याएका व्यक्तिहरू सल्लाहकार मनोनयन गर्ने|

      (द) निर्वाचन समिति गठन गर्ने|

      (ण) केन्द्रीय समितिले आफ्नो अधिनस्त रहेका समस्त राज्य समितिहरूको सञ्चालन गर्नेछ|

      (त) देशभरिका विभिन्न राज्यहरू जहॉं जहॉं नेवारहरूको बसोबास छ त्यहॉं कसरी हुन सक्छ राज्य समिति गठन गराउनु र संगठनका कार्यक्रमको प्रचार-प्रसार गर्ने व्यवस्था मिलाउनु|

      (थ) केन्द्र सरकार अनि राज्य सरकारहरूसँग औपचारिक योगायोग कायम राखी गरीबी रेखामुनिको (BPL) नेवार समुदायलाई सहुलियत पुर्याउनमा राज्य समितिहरूलाई सहयोग पुर्याउनु|

      (द) प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता अप्रत्यासित चपेटमा परेका नेवार समुदाय सह अन्य समुदायका जनतालाई त्राण सहायता पुर्याउने योजनामा अग्रसर हुनु|

      (घ) देशको रक्षाको निम्ति बलिदान दिई शहीद भएका कुनै पनि जात वा जातिका ‘‘ शहीद’’ परिवारलाई सहयोग अनि सहायता पुर्याउनु|

१४) केन्द्रीय समितिको बैठक

      (क) अध्यक्षको निर्देशनअनुसार केन्द्रीय समितिको बैठक कम्तिमा ३ महीनामा एक पटक बस्नु पर्नेछ| कारणवस बैठक बस्न नसके १ महीना पर सार्न सकिनेछ| तर वर्षमा कम्तिमा ४ पटक बैठक बस्नु पर्नेछ|यस्तो बैठकको सूचना महासचिवद्वारा साधारण तथा ७ दिन अगाडी लिखित पत्र वा सूचना प्रविधि मार्फत पठाउनुपर्नेछ| तर आकस्मिक बैठक जहिलेसुकै पनि बस्न सक्नेछ|

      (ख) केन्द्रीय समितिको एक तिहाइ (१/३) सदस्यहरूको अनुरोधमा केन्द्रीय समितिको बैठक बोलाउन पर्नेछ|

      (ग) बैठकको अध्यक्षता सभापति /अध्यक्षले गर्नेछ| अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले र वरिष्ठ उपाध्यक्षको अनुपस्थितिमा उपाध्यक्षहरूमध्ये एकले अध्यक्षता गर्नेछ|

१५) सदस्यता कायम नरहने अवस्था

      (क) नीजले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा|

      (ख) बिना सूचना लगातार ३ वटा बैठकमा अनुपस्थित भएमा|

      (ग) शाखा समितिले मुनासिव कारणसहित प्रत्याहवान गरी पठाएको अवस्थामा केन्द्रीय समितिको बैठकले स्वीकृत गरेमा|

१६) पदाधिकारीहरूको काम, कर्त्तव्य र अधिकार

(१) अध्यक्षको काम, कर्त्तव्य र अधिकार

      (क) पदाधिकारी तथा सदस्यहरूको दायित्व वहन गर्ने, निर्देेशन दिने र राजीनामा स्वीकृत गर्ने,

      (ख) महाधिवेशन, केन्द्रीय समितिको बैठकहरूमा अध्यक्षता गर्ने,

      (ग) अ-भा-ने-स को काम सुचारु रूपमा सञ्चालन गर्न आवश्यक परे कर्मचारी नियुक्ति गर्ने, वर्खास्त गर्ने,

      (घ) संस्थाको काम कारवाहीको सम्बन्धमा आवश्यकता अनुसार राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्र तथा अन्य संघ संस्थाका निकायमा प्रतिनिधित्व गर्ने

      (ङ) संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने / गराउने|

      (च) संस्थाको हित तथा उद्देश्य प्राप्तिका लागि सरकारी गैर सरकारी संघ संस्था, संगठनसँग सम्पर्क र समन्वय गर्ने,

      (छ) महाधिवशन, केन्द्रीय समितिको बैठकमा कुनै विषयमा मतदानमा मत बराबर भएमा निर्णायक मत दिने,

      (ज) संस्थाको कुनै काम कारवाही सम्बन्धमा आवश्यकतानुसार जॉंचबुँझ निरीक्षण गर्ने / गराउने|

      (झ) संस्थाको चल अचल सम्पत्तिको देखरेख गर्ने र नियन्त्रण गर्ने / गराउने

२) वरिष्ठ उपाध्यक्षको काम, कर्त्तव्य र अधिकार

      (क) अध्यक्षले दिएको काम कारवाही जवाफदेहिताका साथ जिम्मेवारी वहन गर्ने|

      (ख) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण कार्यहरू गर्ने,

३) उपाध्यक्षहरूको काम, कर्त्यव्य र अधिकार

      (क) अध्यक्षले दिएको काम कारवाही जवाफदेहिताका साथ जिम्मेवारी वहन गर्ने

      (ख) अध्यक्ष र वरिष्ठ उपाध्यक्षको अनुपस्थितिमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षले गर्ने सम्पूर्ण कार्यहरू गर्ने|

४) महासचिवको काम, कर्त्तव्य र अधिकार

      (क) अध्यक्षको निर्देशानुसार केन्द्रीय समितिको बैठक र महाधिवेशन सभा बोलाउन,

      (ख) केन्द्रीय समितिको तर्फबाट महाअधिवेशन र केन्द्रीय समितिको वार्षिक सभामा वार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षको कार्यक्रम निर्णयार्थ पेश गर्ने|

      (ग) महाधिवेशन, केन्द्रीय समितिद्वारा पारित नीतिहरू कार्यान्वयन गर्ने /गराउने|

      (घ) महाधिवेशन, केन्द्रीय समितिको बैठकको कार्यसूचि तयार गर्ने सूचना निकाल्ने, बैठकको निर्णयहरू अभिलेखन गर्ने, सोको पुस्तिका सुरक्षित राख्ने, बैठकको निर्णय प्रतिलिपि प्रमाणित गरि सदस्यहरूलाई पठाउने र सोको अभिलेखिकरण गर्ने|

      (ङ) अध्यक्षले तोकेको अन्य काम गर्ने/ गराउने

      (च) संस्थाको दैनिक प्रशासनिक कार्यमा खर्च संलग्न रही प्रबन्ध, निरीक्षण निर्देशन दिने|

५) कार्यालय सचिवको काम, कर्त्तव्य र अधिकार

      (क) अध्यक्ष एवं महासचिवको निर्देशनअनुसार कार्यालयका सबै काम कारवाहीको जवावदेहितसाथ जिम्मावारी वहन गर्ने,

      (ख) कार्यालयमा सुम्पिएको सबै प्रकारका पुस्तिका, रेजिस्टर, मिनटस पुस्तिका, पत्राचारका फाइलहरू आदि सुरक्षित व जिम्मावारीका साथ राख्ने|

(६) सचिवको काम, कर्त्तव्य र अधिकार

      (क) महासचिवको काममा पूर्ण सहयोग गर्न र महासचिवको अनुपस्थितिमा जिम्मावारीताको साथ महासचिवले गर्ने सम्पूर्ण कार्यहरू गर्ने|

      (ख) अध्यक्षले र महासचिववे दिएको कामकारवाही जिम्मावारीका साथ वहन गर्ने|

७) सहसचिवको काम, कर्तव्य र अधिकार

      (क) सहसचिव र सचिवको काममा पूर्ण सहयोग गर्ने|

      (ख) सचिवको अनुपस्थितिमा जिम्मावार भई सचिवको कार्यभार पालन गर्न

      (ग) राज्यबाट प्रतिनिधित्व गरि चयनित/ मनोनित भएका हुनाले संबम्धित राज्य समितिलाई केन्द्र समितिमा पारित भएका कार्यक्रमहरूलाई कार्यान्वयन गर्नमा राज्य समितिलाई सहयोग गर्ने, समन्वय स्थापित गर्ने|

८) कोषाध्यक्षको काम, कर्तव्य र अधिकार

      (क) केन्द्रीय समितिको तर्फबाट महाधिवेशनमा केन्द्रीय समितिको वार्षिक आर्थिक प्रतिवेदनलगायत लेखा परीक्षणको प्रतिवेदन र आगामी आर्थिक वर्षको प्रस्तवित वजेट पेश गर्ने|

      (ख) व्याङ्क खाता महासचिव, अध्यक्ष र कोषाध्यक्ष तीनजनामध्ये कोषाध्यक्ष अनि कुनै एकजनाद्वारा सञ्चालित हुनेछ|

      (ग) संस्थाको कोष वृद्धि गर्नतर्फ सदैव पयत्नशील रहने|

      (घ) आन्तरिक तथा अन्तिम लेखा परीक्षण कार्य गराउने |

      (ङ) संस्थाको चलअचल सम्पत्तिको रेकर्ड राख्ने, राख्न लगाउने|

      (च) संस्थाको आर्थिक लेनदेन सम्बन्धित पुस्तिका, लेजर, केसबुक इत्यादि|

      (छ) नियमानुसार दुरस्त राख्ने,

९) सहकोषाध्यक्षको काम, कर्त्तव्य र अधिकार

      (क) कोषाध्यक्षको काममा सहयोग गर्ने,

      (ख) कोषाध्यक्षको अनुपस्थितिमा केन्द्रीय समितिका अध्यक्ष/ महासचिव सुम्पिएका कार्यको जिम्मावारीसहित वहन गर्ने /पालन गर्ने,

१०) सदस्यको काम, कर्त्तव्य र अधिकार

      (क) केन्द्रीय समितिको बैठकमा नियमित उपस्थित हुने,

      (ख) केन्द्रीय समितिका बैठकमा प्रस्तुत भएका प्रस्तावहरूमा सक्रिय रूपले छलफलमा सहभागी भई पारित निर्णय कार्यान्वयनमा ल्याउने|

      (ग) केन्द्रीय समितिले वा अध्यक्ष/ महासचिवले तोकिदिएको जिम्मावारी जवावदेही भई वहन गर्ने,

      (घ) केन्द्रीय समितिलाई पूर्ण सहयोग गर्ने,

१७) संरक्षक र सल्लाहकार समितिको काम, कर्त्तव्य र अधिकार

      १) केन्द्रीय समितिलाई आवश्यक सल्लाह सुझाव दिने,

      २) विधानले तोकिएको समयावधिभित्र केन्द्रीय समितिको बैठक, महाधिवेशन भए नभएको अनुगमन गरी केन्द्रीय समितिलाई आवश्यक सल्लाह सुझाव दिने|

      ३) संस्थाको विधान परिपालन भए नभएको अनुगमन गर्ने|

परिच्छेद – ६

धारा१८) राज्य अधिवेशन

      १) राज्य समितिको पदाधिकारीहरू, सदस्यहरू र सल्लाहकारहरूको मनोनयन/ चयन गर्ने,

      २) प्रत्येक आञ्चलिक/ जिल्ला समितिबाट समानुपातिक प्रतिनिधित्व रहने गरी आञ्चलिकबाट ३५ जना वा आञ्चलिक अधिवशनमा प्रतिनिधित्व गर्ने शाखाको उपस्थित प्रतिनिधि सङ्ख्याको आधारमा २५ः११ वाट हुने संख्यामध्ये जुन बढी हुन्छ सो संख्यावमोजिम राज्य अधिवेशनमा प्रतिनिधि मनोनयन अथवा निर्वाचित गरी प्रत्येक आञ्चलिक/जिल्ला समितिले प्रतिनिधि पठाउनेछ ।

      ३) सम्बन्धित प्रदेश/ राज्यका आबद्ध संस्थाका पदाधिकारी/ सदस्यहरू हुनेछन् तर उम्मेद्वार हुने छैनन् र मतदानको अधिकार रहने छैन।

      ४) राज्य समितिले राज्य अधिवेशनको आह्वान ४५ दिन अगाडि गर्नेछ| यस अवधिभित्र आञ्चलिक अनि शाखा समितिहरूको नयॉं कमिटी गठन भएको हुनुपर्छ|

      ५) गणपूरक संख्याः राज्य अधिवेशनको गणपूरक संख्याः

          (क) राज्य अधिवेशनको गणपुरक संख्या ५१ प्रतिशत हुनेछ| पहिलोपटक गणपुरक (कोरम)संख्या नपुगेमा लगत्तै बस्ने सभामा उपस्थित संख्यामै गणपुरक संख्या हुनेछ|

          (ख) राज्य अधिवेशनको अध्यक्षता राज्य समितिका अध्यक्षले गर्नेछ|अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ|

          (ग) प्रस्तावको विषयमा छलफल गर्दा सभामा उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गरिनेेछ| तर मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ|

धारा१९) राज्य अधिवेसनको काम, कर्त्तव्य र अधिकार

      (क) अखिल भारतीय नेवार संगठनका राज्य समितिले प्रस्तुत गरेका आर्थिक विवरण, प्रतिवेदन अध्ययन गरी त्यसलाई पारित गर्ने वा संशोधन गरी पारित गर्ने|

      ख) राज्य स्तरीय पदाधिकारी र सदस्यहरू निर्वाचित गर्ने (मनोनित गर्ने|

      ग) महाधिवेशनका निम्ति प्रतिनिधि चयन गर्ने|

      घ) अ०भा०ने० संगठन हकमा पञ्जीकृत संस्था भएकोले केन्द्रीय समितिअर्न्तगत विभिन्न राज्यहरूमा राज्य समिति गठनको प्रावधान रहेकोले साधारण तथा संगठनका नियमावली सबै राज्यसमिति र अन्य समितिहरूमा पूर्णरूपले लागु हुनेछ| विशेष कुनै राज्यमा प्रशासनिक व्यवस्था अनि परिवेशानुसार विशेष सांगठनीक व्यवस्था संरचना गर्न सक्नेछ| परिच्छेद १५ द्रृष्टव्य छ| धार ४१ः क

धारा २०) राज्य अधिवेसनका गठन र अन्य व्यवस्था

      १) राज्य समिति सञ्चालन गर्न ३१ देखि ५१ सदस्यीय एक राज्य समिति रहनेछ|

          क) अध्यक्ष -१

          ख) उपाध्यक्ष- तिनजना रहने छन्

          ग) राज्य सचिव -१

          घ) कोषाध्यक्ष-१

          ङ) संयुक्त सचिव- तिनजना रहनेछन्।

          च) कार्यकारी सदस्य- प्रत्येक आञ्चलिक समितिबाट कम्तिमा २ जना गरी अथवा आञ्चलिक समितिका क्षेत्रफल अनुसार बढीमा ५ जना गरी मनोनित गरिएका मोठ संख्या रहने छ|

      २) राज्य समितिको कार्यविधि ३ (तीन) वर्षको हुनेछ| तर यिनीहरू पुनः निर्वाचित हुन सक्नेछन्|

      ३) राज्य समिति केन्द्रीय समिति / राज्य अघिवेशनप्रति उत्तरदायी हुनेछ|

      ४) अध्यक्षको निर्देशनअनुसार मुख्य सचिवले राज्य समितिको बैठक साधारणतया ३ महिनामा एकपल्ट बोलाउनेछ| बैठक बोलाउने सूचना सबै सदस्यहरूलाई विशेष र आकस्मिक बैठक बाहेक ७ दिनको अगावै लिखित पत्र वा सूचना प्रविधि मार्फत दिनु पर्नेछ|

      ५) कुनै पनि सदस्य बिनासूचना लगातार तीन पटक बैठकमा अनुपस्थित भएमा पदमुक्त गरिनेछ| स्वतः पदमुक्त हुनेछ|

      ६) अध्यक्षको उम्मेद्वार हुन कम्तिमा १ कार्यकाल राज्य समिति वा केन्द्रीय समितिमा रही एक कार्यकाल पुरा गरेको वा कार्यरत हुनुपर्नेछ | 

      ७) राज्य समितिको कार्यक्षेत्र सम्बन्धित राज्यभरि रहनेछ|

      ८) राज्य समितिको तीन वर्षको कार्यकाल बितेपछि यदि कारणवश अधिवेशनको आयोजना समयमा हुन नसकेको खण्डमा वर्तमान कार्यकारिणी समितिको कार्यकाल ६ महिनाको लागि बढाउन प्रावधान छ| सक्नेछ तर कुनै पनि अवस्थामा कार्यकारिणी समितिको मियाद सकिएको एक वर्षभित्रमा अधिवेशन डाकेर नयॉं कार्यकारिणी समितिको गठन गर्नु पर्नेछ|

धारा २१) राज्य समितिको काम, कर्त्तव्य र अधिकार

      क) संस्थाको उद्देश्य प्राप्तिका लागि आवश्यक पर्ने विषयहरूमा नीतिगत निणर्यहरू गर्ने|

      ख) राज्य समितिको वार्षिक प्रतिवेदन तयार गर्ने|

      ग) महाधिवेशन / केन्द्रीय समिति/ राज्य अधिवेशनद्वारा पारित नीति, निर्देशनको पालन गर्ने|

      घ) संस्थाको उद्देश्य प्राप्तिका लागि सरकारी, गैर सरकारी तथा अन्य संस्थाहरूसँग सम्पर्क, सल्लाह र सुझाव लिने|

      ङ) राज्य समितिअन्तर्गत आञ्चलिक समिति, शाखा समितिहरूको गतिविधिहरूको निरीक्षण, अनुगमन, समन्वय गर्ने| अभिलेख राख्ने

      च) राज्यभित्रका विषयगत समिति, विभागसँग सम्पर्क र निरन्तर समन्वय गर्ने,

      छ) आवश्यकताअनुसार समिति, उप समिति, विभागको गठन गरी अधिकार प्रत्यायोजन गर्ने

      ज) आवश्यकतानुसार सचिवालय गठन गर्ने

      झ) आवश्यकतानुसार नेवाः बुद्धिजीवी, विशिष्ट व्यक्तिहरूमध्येबाट सल्लाहकार नियुक्त गर्ने।

      ञ) प्रदेश / राज्य स्तरीय संघ संस्थाहरूको कार्यक्रमहरूमा प्रतिनिधित्व गर्ने, गराउने|

      ट) आवश्यकताअनुसार कर्मचारी नियुक्त गर्ने, खारेज गर्ने|

      ठ) प्रत्येक वर्ष आन्तरिक लेखा परीक्षण गराउन, केन्द्र समितिमा उक्त प्रतिवेदन पठाउने,

      ड) संस्थाको विधानमा भए बमोजिम अन्य कार्य गर्ने| गराउने,

      ढ) कुनै कारणवंश राज्य समितिको कुनै सदस्यको पद रिक्त भएमा बॉंकी अवधिको लागि पदपूर्ति गर्ने,

      ण) राज्य अधिवेशनबाट निर्वाचित / मनोनित महाधिवेशन प्रतिनिधि, आञ्चलिक अधिवेशनबाट निर्वाचित/ मनोनित महाधिवेशन प्रतिनिधिहरूको नामावली संकलन गरी केन्द्रीय समितिमा पठाउने|

धारा २२ पदाधिकारीहरूको काम, कर्त्तव्य र अधिकार

      १) अध्यक्षको काम, कर्त्तव्य र अधिकार

          क) राज्यको अधिवेसन र राज्य समितिको बैठकमा अध्यक्षता गर्ने,

          ख) संस्थाका विभिन्न क्रियाकलापमा सहयोग गर्ने

          ग) पदाधिकारी तथा सदस्यहरूको कामको दायित्व बहन गर्ने, निर्देशन दिने तथा राजीनामा स्वीकृत गर्ने,

          घ) संस्थाको चलअचल सम्पत्तिको देखरेख गर्ने, संरक्षण र नियन्त्रण गर्ने, गराउने|

          ङ) समितिको बैठक नबसेको अवस्थामा अपर्झट गर्न पर्ने कुनै आवश्यक कार्य देखिएमा उक्त कार्य नभएमा संस्थालाई हानी-नोक्सानी हुने भएमा सो कार्य गरी आगामी बैठकमा अनुमोदनको लागि पेश गर्ने|

      २) उपाध्यक्षको काम, कर्त्तव्य र अधिकार

          (क) अध्यक्षको काममा सहयोग गर्ने, अध्यक्षले तोकेको काम गर्ने

          (ख) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण कार्य गर्ने

          (ग) आञ्चलिक अनि शाखा संगठनहरूमा संगठन सम्बन्धि कार्य गर्ने/ गराउने

      ३) मूख्य सचिवको काम, कर्त्तव्य र अधिकार

          (क) अध्यक्षको निर्देशनअनुसार राज्य अधिवेशन र समितिको बैठक बोलाउने

          (ख) राज्य अधिवेशन र समितिद्वारा पारित निर्णयहरू कार्यान्वयन गर्ने/ गराउने

          (ग) राज्य अधिवेशन र समितिको बैठकको कार्यसूची तयार गर्ने, सूचना निकाल्ने, बैठकको निर्णय अभिलेखन गर्ने र निणर्यहरू सदस्यहरूलाई पठाउने

          (घ) राज्य समितिको तर्फबाट राज्य अधिवेशनमा समितिको वार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षको कार्यक्रम निर्णायार्थ पेश गर्ने

          (ङ) अधिवेशनद्वारा पारित प्रतिवेदन र आगामी वर्षको कार्यक्रम केन्द्रीय समितिमा पठाउने

          (च) त्रैमासिक सभा बैठकको प्रतिवेदन केन्द्र समितिमा पठाउने

          (छ) राज्य समितिको दैनिक प्रशासनिक कामको जिम्मा लिने

          (ज) अन्य तोकिएका कार्य गर्ने

      ४) सचिवको काम, कर्त्तव्य र अधिकार

          क) राज्य सचिवको काममा सहयोग गर्ने

          ख) राज्य सचिवको अनुपस्थितिमा निजले गर्ने सम्पूर्ण काम गर्ने

          ग) अध्यक्षले वा समितिले तोकेको जिम्मावारी पुरा गर्ने|

      ५) संयुक्त सचिवको काम, कर्त्तव्य र अधिकार

          क) राज्य सचिवको काममा सहयोग गर्ने

          ख) राज्य सचिवको काममा सहयोग गर्ने

          ग) अध्यक्षले वा समितिले तोकेका जिम्मावारी पुरा गर्ने

          घ) सम्बन्धित आञ्चलिक समितिमा राज्य समितिको दिशानिर्देशनअनुसार कार्य गर्ने, समन्वय स्थापित गर्ने, राज्य समितिको बैठकमा प्रगति प्रतिवेदन पेश गर्ने, समितिको कार्यमा सहयोग गर्ने, सहयोग पुर्याउने

      ६) कोषाध्यक्षको काम, कर्त्तव्य र अधिकार

          क) राज्य समितिको तर्फबाट राज्य अधिवेशनमा राज्य समितिको वार्षिक आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र आगामी वर्षको आय व्यय (वजेट) पेश गर्ने

          ख) संस्थाको दैनिक आर्थिक लेनदेन सम्बन्धि लेखा पुस्तिका, लेजर वही आदि नियमानुसार दुरस्त राख्ने

          ग) संस्थाको कोष वृद्धि सम्बन्धमा प्रयत्नशील रहने

          घ) आन्तरिक लेखापरीक्षण कार्यमा सहयोग गर्ने

          ङ) संस्थाको स्वामित्वमा रहेको चलअचल सम्पत्तिको रेकर्ड राख्ने, राख्न लगाउने,

          च) व्याङ्कखाता मुख्य सचिव, अध्यक्ष र कोषाध्यक्ष तीनजनामध्ये कोषाध्यक्ष अनि कुनै एकजनाद्वारा सञ्चालित गर्नेछ|

          छ) सबै प्रकारको चन्दा, दान आदि संस्थाको पक्षमा संग्रह गर्ने, संग्रह भएको रकमको रसिद दिने| संग्रह भएको रकम व्याङ्कमा जमा गर्ने| रु १०,०००/-दश हजार भन्दा बढी रकम हातमा राख्न पाइने छैन|

      ७) सदस्यको काम, कर्त्तव्य र अधिकार

          क) बैठक र संस्थाको कार्यक्रमहरूमा नियमित उपस्थित हुने

          ख) राज्य समितिको बैठकमा प्रस्तुत भएका प्रस्तावहरूमा सक्रियरूपले छलफलमा सहभागी भई निर्णय पारित गर्ने योगदान गर्ने

          ग) अध्यक्ष वा समितिले तोकेको जिम्मावारी जवाफदेही भई बहन गर्ने

परिच्छेद – ७

धारा २३ आञ्चलिक / जिल्ला समिति

२३) आञ्चलिक अधिवेशन

१) प्रत्येक आञ्चलिक/जिल्ला समिति क्षेत्रमा आञ्चलिक अधिवेशन हुनेछ

क) आञ्चलिक समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, सल्लाहकार समितिका सदस्यहरू

ख) प्रत्येक शाखा कार्य समिति पदाधिकारी तथा सदस्यहरू

(ग) आञ्चलिक / जिल्ला समितिअन्तर्गतका प्रत्येक शाखाको निम्ति निर्धारित गरिएका शाखा प्रतिनिधिहरू

(घ) सम्भावना भए शाखा प्रतिनिधिहरूमा ३३ प्रतिशत महिला प्रतिनिधि हुनुपर्नेछ|

धारा २४) आञ्चलिक अधिवेसनको काम, कर्त्तव्य र अधिकार

क) आञ्चलिक समितिद्वारा प्रस्तुत योजना, वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन, गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा प्रस्तवित बजेट अनुमोदन गर्ने|

ख) महाअधिवेशन र राज्य अधिवेशनको लागि तोकिएबमोजिमका प्रतिनिधिहरू छनौट गर्ने

ग) आञ्चलिक समितिको निर्वाचन / मनोनित / चयन प्रक्रियाद्वारा गठन गर्ने

घ) आवश्यकताअनुसार उपसमितिहरू गठन गर्ने

ङ) आञ्चलिक समितिले आञ्चलिक अधिवेशनको आह्वान ४५ दिन अघि गर्नेछ|

धारा २५ आञ्चलिक/जिल्ला समितिको गठन र अन्य व्यवस्था

१) आञ्चलिक/जिल्ला समिति सञ्चालन गर्न २१ देखि ४१ सदस्यी एक आञ्चलिक समिति रहनेछ|

क) अध्यक्ष-१

ख) उपाध्यक्ष-३ (एकजना महिला अनिवार्य)

ग) आंचलिक सचिव-१

घ) सहसचिव-३ (एकजना महिला अनिवार्य)

ङ) कोषाध्यक्ष- १

च) कार्यकारी सदस्य—आवश्यकतानुसार थपघट गर्न सकिनेछ|

२) सम्बन्धित आञ्चलिक समिति क्षेत्रमा बसोवास गर्ने केन्द्रीय समिति, राज्य समिति पदाधिकारी र सदस्यहरू पदेन रहनेछन्

३) आञ्चलिक/जिल्ला समितिको कार्यावधि / कार्यकाल/  मियाद तीन वर्षको हुनेछ| तर यिनीहरू पुनः निर्वाचित हुन सक्नेछन्|

४) आञ्चलिक/ जिल्ला समितिका अध्यक्षको निर्देशनअनुसार आञ्चलिक सचिवले आञ्चलिक समितिको बैठक साधारणतय ३ महिनामा एक पटक बोलाउनेछ | बैठक बोलाउने सूचना सबै सदस्यहरूलाई विशेष र आकस्मिक बैठकबाहेक ७ दिनको अगावै लिखित वा सूचना प्रविधिको माध्यमबाट दिनु पर्नेछ|

५) कुनै पनि सदस्य बिनासूचना लगातार तीन पटक बैठकमा अनुपस्थित भएमा स्वत: पदमुक्त हुनेछ|

६) अध्यक्षको उम्मेदवार हुन कम्तिमा १ कार्यकाल आञ्चलिक/जिल्ला समिति वा माथिल्लो समितिमा रही एक कार्यकाल पुरा गरेको वा कार्यरत हुनुपर्नेछ|

धारा २६) आञ्चलिक /जिल्ला समितिको काम, कर्त्तव्य र अधिकार

क) आञ्चलिक/जिल्ला अधिवेशनमा वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन र अनुमानित आय व्यय (बजेट) निर्णयार्थ पेश गर्ने

ख) महाधिवेशन राज्य अधिवेशन, राज्य र केन्द्र समितिबाट प्रतिपादित नीति, निर्देशनको पालना गर्ने / गराउने |

ग) आवश्यकतानुसार समिति , उपसमिति गठन गरी कार्यक्षत्र निर्धारण तथा कुनै निकाय  वा व्याक्तिलाई अधिकार प्रत्यायोजन गर्न सकिने|

घ) अञ्चल स्तरीय संघ संस्थाहरूको कार्यक्रमहरूमा प्रतिनिधित्व गर्ने, सरकारी कार्यालयहरूमा आवश्यकानुसार सम्पर्क गर्ने

ङ) जिल्ला स्तरीय सरकारी, गैर सरकारी संस्थासित आवश्यकताअनुसार प्रतिनिधित्व गर्ने, सम्पर्क गर्ने

च) प्रत्येक वर्ष केन्द्र समितिमा तोकिएबमोजिमको शुल्क बुझाउने |

छ) कुनै कारणवश आञ्चलिक/जिल्ला समितिमा कुनै सदस्यको पद रिक्त भएमा बॉंकी अवधिको लागि मनोनयनगरी पदपूर्ति गर्ने,

ज) आवश्यकतानुसार स्थानीय नेवा बुद्दिजीवी, विशिष्ट व्यक्तिहरू मध्येबाट सल्लाहकार नियुक्ति गर्ने |

झ) आञ्चलिक/जिल्ला अधिवेशनबाट निर्वाचित/ मनोनित राज्य अधिवेशन प्रतिनिधि,शाखा अधिवेशनबाट मनोनित राज्य अधिवेशनको निम्ति प्रतिनिधिहरूको नामवली संकलन गरी राज्य समितिमा पठाउने |

ञ) यस विधानमा व्यवस्था भएबमोजीम आवश्यक अन्य कार्य गर्ने/गराउने ,

धारा २७) पदाधिकारीहरूको काम , कर्त्तव्य र अधिकार

१) अध्यक्षको काम , कर्त्तव्य र अधिकार

क) आञ्चलिक /जिल्ला अधिवेशन र आञ्चलिक/जिल्ला समितिको बैठकको अध्यक्षता गर्ने ,

ख) नेवारहरूको बसोवास  भएका गाउँ / नगरमा अखिल भारतीय नेवार संगठनले समिति गठन गर्ने , संगठनमा आवद्ध गर्ने ,

ग) आदिवासी जनजीतिको मॉंग पुरा गराउन आवश्यक पहल गर्ने

घ) पदाधिकारी तथा सदस्यहरूको कामको दायित्व गठन गर्ने निर्देशन दिने , र राजीनामा स्वीकृत गर्ने ,

ङ) संस्थाको चल अचल सम्पति रेखदेख , संरक्षण र नियन्त्रण गर्ने गराउने

च) समितिको बैठक नबसेको अवस्थामा अर्पझट्ट कुनै कार्य गर्न आवश्यक देखिएमा उक्त कार्य नभएमा संस्थालाई हानी नोकसानी हुने भएमा सो कार्य गरी आगामी बैठकमा अनुमोदनको लागि पठाउने|

छ) बैठकमा मत बराबर भएमा निर्णायक मत दिने

ज) विभिन्न निकायमा प्रतिनिधित्व गर्ने /गराउने

२) उपध्यक्षको काम , कर्त्तव्य र अधिकार

क) अध्यक्षको काममा सहयोग गर्ने अध्यक्षले तोकेको जिम्मावरी बहन गर्ने

ख) अध्यक्ष /वा- उपाध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण कार्य गर्ने |

ग) आञ्चलिक /जिल्ला समिति अन्तर्गत शाखाहरूमा संगठन सम्बन्धित कार्य गर्ने, गराउने।

३) आंचलिक/जिल्ला सचिवको काम , कर्त्तव्य र अधिकार

क) अध्यक्षको निर्देशनअनुसार अधिवेशन र समितिको बैठक बोलाउने |

ख) अधिवेशन तथा कार्य समितिमा पारित निर्णयहरू कार्यन्वयन गर्ने /गराउने |

ग) अधिवेशन र समितिको बैठकको कार्यसूची तयार गर्ने सूचना निकालने बैठकको निर्णय अभिलेखन गर्ने र निर्णयहरू सदस्यहरूलाई पठाउने |

घ) आञ्चलिक/जिल्ला समितिको तर्फबाट आञ्चलिक अधिवेशनमा समितिको वार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षको कार्यक्रम निर्णयार्थ पेश गर्ने

ङ) अधिवेशनद्वरा पारित प्रतिवेदन समितिको वार्षिक प्रगति प्रतिवेदन र आगामी कार्यक्रम केन्द्रीय र राज्य समितिमा पठाउने

च) त्रैमासिक सभाको प्रतिवेदन राज्य समितिमा पठाउने

छ) आञ्चलिक/जिल्ला समितिको दैनिक प्रशासनिक कामको जिम्मा लिने ,

ज) अन्य तोकिएको कार्य गर्ने |

४) सहसचिवको काम , कर्त्तव्य र अधिकार

क) आञ्चलिक /जिल्ला सचिवको काममा सहयोग गर्ने

ख) अध्यक्षले वा समितिले दिएको जिम्मावारी जवावदेहितासाथ पूरा गर्ने

ग) सचिवको काममा सहयोग गर्ने

घ) आञ्चलिक सचिवको अनुपस्थितिमा अध्यक्ष वा समितिको निर्देशनमा नीजको सम्पूर्ण कार्य गर्ने

ङ) निजले क्षेत्रको शाखा संगठनसँग निरन्तर सम्पर्क राख्ने/ समन्वय राख्ने |

५) कोषाध्यक्षको काम, कर्त्तव्य र अधिकार

क) संस्थाको आर्थिक लेनदेनको हर हिसाब राख्ने जिम्मावारी लिने ,

ख) संस्थाको लेखा पुस्तिका, वहीखाता , नगदवही साथै त्यस सम्बन्धित सबै प्रकारका जरूरी वही लेख्ने , नियमानुसार दुरस्त राख्ने ,

ग) संस्थाको तर्फबाट सबै प्रकारका दान ,चन्दा संग्रह गर्ने रकम प्राप्ति रसीद दिने, सङगृहित रकम ब्याङकमा जमा गर्ने | रू. ५०००/-(पॉंच हजार रूपियॉं) भन्दा वढी नगदी हातमा राख्न पाइने छैन |

घ) ब्याङक खाता आञ्चलिक/जिल्ला सचिव ,अध्यक्ष र कोषाध्यक्ष तीनजनामध्ये कोषाध्यक्ष अनि एकजनाद्वारा सञ्चालित गरिनेछ |

ङ) अधिवेशनमा समितिको बार्षिक आर्थिक प्रतिवेदन , लेखा परीक्षण प्रतिवेदन र आगामी वर्षको प्रस्तावित बजेट पेश गर्ने

च) आन्तरिक लेखपाललाई सहयोग गर्ने

छ) संस्थाको कोष वृद्धिमा सदैव प्रयत्नशील रहने ।

६) सदस्यको काम, कर्त्तव्य र अधिकार

क) बैठक र संस्थाको कार्यक्रमहरूमा नियमित उपस्थित हुने,

ख) आञ्चलिक /जिल्ला समितिको बैठकमा प्रस्तुत भएका प्रस्तावहरूमा सक्रियरूपले छलफलमा सहयोगी भई निष्कर्षमा पुर्याउने, पारित निर्णय  कार्यान्वयनमा ल्याउने |

ग) तोकिएको गाउँ/नगरको नियमित भ्रमण गरी आञ्चलिक/जिल्ला समितिमा प्रतिवेदन पेश गर्ने |

घ) अध्यक्ष वा समितिले सुम्पिएको कार्यभारको जिम्मावारी जवाबदेही भई वहन गर्नै |  

परिच्छेद – ८

धारा २८) शाखा समिति

१)    शाखा अधिवेशन

२)    सम्बन्धित शाखाका सम्पूर्ण सदस्यहरू सल्लाहकारहरू

३)    सम्बन्धित शाखामा बस्ने आजीवन सदस्यहरू संरक्षकहरू ।

धारा २९)  शाखा अधिवेसनको काम कर्त्तव्य र अधिकार

क) शाखा कार्य समितिद्वारा प्रस्तुत योजना,वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन, गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा प्रस्तावित बजेट अनुमोदन गर्ने

ख) प्रतिनिधिहरू मध्येबाट शाखा कार्यकारिणी समिति गठन गर्ने

ग) आञ्चलिक/जिल्ला अधिवेशनको लागि तोकिएवमोजिम प्रतिनिधि चयन गर्ने,

धारा ३०)  शाखा कार्यकारिणी समिति गठन र अन्य व्यवस्था

१) संस्थाको दैनिक कार्य सञ्चालन गर्न १३ देखि २१ जनाको एक कार्यकारिणी समिति गठन गरिनेछ,

क) अध्यक्ष       –      १

ख) उपध्यक्ष      –       २ (एकजना महिला अनिवार्य)

ग) सचिव        –       १

घ) सह सचिव    –       २ ( एकजना महिला अनिवार्य)

ङ) कोषाध्यक्ष    –       १

च) कार्यकारी सदस्य-   – (आवश्यक्ता अनुसार थपघट गर्न सकिनेछ)

छ) सम्बन्धित शाखामा वसोवास गर्ने आञ्चालिक/जिल्ला, राज्य र केन्द्रीय समितिका सदस्यहरू, पदाधिकारीहरू पदेन सदस्य रहनेछ,

२) कुनै गाउँ /शहरमा नयॉं शाखा खोल्ने क्रममा निकटवर्ती शाखाको प्रोत्साहन, सम्बन्धित अञ्चल समितिको सहभागितामा खोल्न सकिन्छ| यसक्रममा राज्य अनि केन्द्रिय समितिका (निकटवर्ती क्षेत्र) कार्यकारी सदस्य,कुनै पदाधिकारीको सहयभागिता स्वागतयोग्य ठहरिनेछ तर आञ्चलीक समितिका पदाधिकारीको उपस्थिति अनिवार्य रहने छ|

३) नवगठित शाखाका सम्पूर्ण विवरण आञ्चलिक समितिद्वारा तयार गरी शाखा अनुमोदनको निम्ति राज्य समितिलाई सिफारिस गर्नेछ| यस प्रक्रिया पूर्ण भई राज्य समितिबाट अनुमोदनपछि मात्र उक्त शाखालाई आधिकारिक रूपमा शाखा घोषणा गरिनेछ |

४) शाखा कार्यकारिणी समितिको कार्यकाल ३ (तीन) वर्षको हुनेछ | तर यिनीहरू पूर्ण निर्वाचित हुन सक्नेछन् |

५) कुनै कारणवस शाखा  कार्यसमितिको कुनै सदस्यको पद रिक्त भएमा कार्यकारी सदस्यहरू मध्येबाट बॉंकी अवधिको लागि मनोनयन गरी पदपूर्ती गरिनेछ |

६) अध्यक्षको निर्देशनअनुसार सचिवले समितिको बैठक साधारणतया प्रत्येक महिना बोलाउने छ|

७) कार्य समितिले आवश्यक ठानेमा सल्लाहकार नियुक्त गर्ने सक्नेछ |

८) आफुभन्दा माथिल्लो समितिको पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा आमन्त्रित गर्नु पर्नेछ |

९) प्रत्येक नेवार परिवारका घरबाट योग्य व्यक्ति नै संगठनको सदस्य हुन सक्छ।

१०) नयॉं सदस्यको भर्नाको निम्ति व्यक्तिगत आवेदनपत्र केवल स्थानीय शाखामा प्रस्तुत गरिनेछ| अञ्चल/जिल्ला, राज्य र केन्द्रिय कार्यालयमा सदस्यता प्रदान गरिने प्रावधान रहने छैन | तर सदस्यता प्रदान गरे पछि अञ्चल र राज्यको स्वीकृति अनिवार्य रहनेछ| सदस्यको दस्तावेजको एक प्रतिलिपि केन्द्रीय समितिमा उपलब्ध गराउन अञ्चल समितिको दायित्व रहन्छ|

११) नयॉं सदस्यहरूको भर्नाको निम्ति सम्बन्धित शाखा समिति पूर्णरूपले उतरदायी रहनेछ | कुनै सदस्यताको सदस्यता लिएर सामाजिक अथवा कानुनी झै झमेला सृष्टि भएको खण्डमा सम्बन्धित शाखानै पूर्णरूपले जिम्मावार हुनेछ|

१२) कुनै एउटा शाखा समिति अर्को शाखा समितिको अधिनस्थ रहने छैन |

१३) प्रत्येक सदस्यले ‘‘जातिलाई उसको संस्कृतिले जिउँदो राख्छ’’भन्ने महान उक्तिलाई सर्वोपरि मान्यता दिनु पर्नेछ|

धारा ३१) शाखा समितिको काम, कर्त्तव्य र अधिकार

क) शाखा अधिवेशनमा बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन र अनुमानित आयव्यय (बजेट) निर्णयार्थ पेश गर्ने , पारित प्रतिवेदनलाई माथिल्लो समितिमा पेश गर्ने |

ख)माथिल्लो समितिबाट जारी परिपत्र , निर्देशनहरू निःशर्त कार्यान्वयन गर्ने/ गराउने

ग) संस्थाको उद्देश्य प्रातिका लागि निरन्तर कार्यरत रहने|

घ) संस्थाको साधारण सदस्यता वितरणपछि माथिल्लो समितिमा सिफारिस गर्ने|

ड)  आवश्यकताअनुसार शाखामा टोल/ वार्ड समिति समेत गठन गर्न सकिनेछ|

च) शाखा अधिवेशनबाट चयनित आञ्चलीक/जिल्ला अधिवेशन प्रतिविधिहरूको नामावली सम्बन्धित आञ्चलिक समितिमा पठाउने|

धारा ३२) पदाधिकारीहरूको काम , कर्त्तव्य र अधिकार

१) अध्यक्षको काम , कर्त्तव्य र अधिकार

क) शाखा समितिले आयोजना गरेका बैठक तथा कार्यक्रमहरूमा अध्यक्षता गर्ने |

ख) बैठकमा बराबर मत भएमा निर्णायक मत दिने |

ग) शाखा स्तरीय बैठक, अधिवेशनमा पेश गरिने प्रस्तावहरू तयार गर्ने तथा पारित निर्णयहरू कार्यान्वयन गर्ने, गराउने

घ) शाखा समितिको चलअचल सम्पत्तिको रेखदेख, नियन्त्रण र संरक्षण गर्ने |

२) उपाध्यक्षको काम , कर्त्तव्य र अधिकार

क) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सबैकाम गर्ने |

ख) शाखा अधिवेशनबाट तोकिएको जिम्मवारी पूरा गर्ने/गराउने |

ग) अध्यक्षलाई सहयोग पुर्याउने |

घ) अन्य तोकिएका कार्यहरू गर्ने |

३) सचिवको काम, कर्त्तव्य र अधिकार

क) शाखा कार्य समितिको दैनिक, प्रशासनिक कार्य सञ्चालन गर्ने,

ख) शाखा कार्य समितिको सम्पूर्ण कागजातहरूको जिम्मा लिने, प्रगति प्रतिवेदन पेश गर्ने , अधिवेशनमा प्रतिवेदन , प्रस्तव पेश गर्ने |

ग) शाखा समितिले तोकेका समयावधिमा बैठक बोलाउने , अध्यक्षको सल्लाहबमोजीम अन्य समय परिस्थितिअनुसार बैठक बोलाउने |

घ) बैठकमा पेश हुने प्रस्तावहरूको मसौदा तथा मिति तोकी अधिवेशनका प्रतिनिधिहरूलाई पत्राचार गर्ने |

ङ) अधिवेशन र शाखा कार्य समितिबाट पारित भएका निर्णयहरू कार्यान्वयन गर्ने /गराउने |

च) अन्य तोकिएका कार्यहरू गर्ने |

४) सहसचिवको काम , कर्त्तव्य र अधिकार

क) सचिवको अनुपस्थितिमा सचिवले गर्ने सम्पूर्ण कार्य गर्ने|

ख) अधिवेशन र शाखा कार्य समितिले दिएको जिम्मावारी वहन गर्ने

ग) अन्य तोकिएका कार्यहरू गर्ने|

५) कोषाध्यक्षको काम , कर्त्तव्य र अधिकार

क) शाखा समितिको आर्थिक कोषको कार्यहरू सम्पादन गर्ने |

ख) शाखा समितिको आयव्ययको विवरण पारदर्शीरूपमा राख्ने।

ग) शाखा समितिले गरेको आर्थिक लेनदेनको प्रत्येक आर्थिक वर्षमा आन्तरिक लेखा परीक्षण गराई अधिवेशनमा पेश गर्ने,

घ) प्रत्येक आर्थिक वर्षको आर्थिक प्रतिवेदन कार्य समिति

समक्ष अनुमोदन गराई र आगामी आर्थिक वर्षको प्रस्तावित बजेट पेश गर्ने |

ङ) शाखा समितिको चलअलल सम्पतिको विवरण राख्ने,

च) अन्य तोकिएका कार्यहरू गर्ने |

६) सदस्यहरूको काम , कर्त्तव्य र अधिकार

क) शाखा समितिको बैठकमा उपस्थित हुने , छलफल र निर्णयमा भाग लिने ,

ख) शाखा समितिले दिएको कार्यभार जिम्मावारी साथ पूरा गर्ने |

ग) शाखा समितिलाई क्रियाशील रूपमा सञ्चालन गर्न सक्रिय भूमिका निर्वाह गर्ने |

घ) अन्य तोकिएका कार्यहरू गर्ने |    

परिच्छेद – ९

धारा ३३) सूचना एवम् गणपूर्तिः(कोरम)

  संगठनको सबै स्तरको कार्यकारिणी सभा/ बैठक डाक्दा (७) दिनको समय दिएर एवं आपतकालीन सभा बैठक डाक्न सकिन्छ। (२४) (चौबिस) घण्टाको समय दिएर विषय, समय, स्थान, तारिख दिई कार्यकारिणी सदस्य प्रत्येकलाई लिखित रूपमा सूचना दिनुपर्नेछ| कार्यकारिणी समितिको मोठ सदस्यको १/३ (एक तिहाई) भाग उपस्थित भए संवैधानिक गणपूर्ति पुग्नेछ| कम्ति भए तोकिएको समयभन्दा ३० मिनट प्रतीक्षा गरी उपस्थित सदस्यहरूले सभाको दिन तारिख सार्नु सक्नेछ| सभा स्थगित गर्न सक्नेछ| एक पटक स्थगित भएको सभा पुनः आरम्भ गरिए अथवा पुर्न :वस्ने सभामा गणपूर्ति संख्याको निम्ति सभामा उपस्थित सदस्य संख्यानै गणपूरक संख्या मानिनेछ| यहाँ सभाको सूचना प्रत्येक सदस्यले प्राप्त गरेको जानकारी  सचिवले सुनिश्चित गरेको हुनपर्छ।

परिच्छेद – १०

धारा ३४) अविश्वासको प्रस्ताव

क) असत आचरण गरे  वा संस्थाको हित विरूद्ध कार्य गरे वापत कुनै पनि पदाधिकारीको विरूद्धमा अनास्थाको प्रस्ताव कार्यकारिणी सदस्यहरूको एकतिहाइ (१/३) बहुमतले लिखित रूपमा ल्याउन सक्नेछ औं २/३ को अनुमोदनले पदाधिकारीलाई पदच्युत गर्न सकिनेछ |

ख) अन्य कुनै कार्यकारिणी सदस्यहरूको सम्बन्धमा पनि यही नियम लागु हुनेछ|

ग) पद अथवा सदस्यता च्युत भएका व्यक्तिले सदस्यताको लागि पुन: अपील गर्न सक्नेछ|

परिच्छेद – ११

धारा ३५) निर्वाचन

१) सबै स्तरको निर्वाचन लोकतात्रिक पद्धितिद्वारा हुनेछ |

२) सबै तहको निर्वाचन विधानमा तोकिएवनोजिम हुनेछ | कुनै विशेष परिस्थितिमा निर्वाचनलाई पछि सार्न परेमा केन्द्रीय समितीको निर्णयबाट कम्तिमा ३ महिनासम्म म्याद थप गर्न सकिनेछ |

३) कार्य समितिले महाधिवेशनको तिथि घोषणागरेसँगै निर्वाचनको लागि मुख्य निर्वाचन आयुक्तसहित बढीमा ३ जना निर्वाचन समिति सदस्य नियुक्ति गर्नेछ |

४) निर्वाचनको मिति सम्बन्धित तहका समितिले तोकेबमोजिम हुनेछ र निर्वाचन सम्बन्धित अन्य प्रक्रियाहरू कार्य समितिको परामर्शलिई निर्वाचन समितिले तर्जुमा गर्नेछ |

परिच्छेद  – १२

धारा ३६) सभाः

क) केन्द्रीय समितिको सभा केन्द्रीय समितिले तोके बमोजिम वा कुनै राज्यले मॉंग गरेअनुसार तीन महिनामा एक पटक आयोजित गरिनेछ| आवश्यक परेको खण्डमा ३ महिना अघि पनि सभा राख्ने प्रावधान रहनेछ|

ख) केन्द्रीय समितिको सभा प्रत्येक राज्यमा चक्रानुसार पनि आयोजना गर्न सकिनेछ |

ग) राज्य समितिहरूले त्रैमासिक सभा आयोजन गर्नेछ | सभाको आयोजन राज्य समिति अन्तर्गत समितिहरूमा चक्रानुसार पनि आयोजना गर्न सकिनेछ ।

घ) वित्तीय वर्ष समाप्त भएको दुई महिनाभित्र राज्य समिति अनि राज्य अन्तर्गत समितिहरूको कार्यकारिणी समितिको वार्षिक सभा राखिनेछ | सम्बन्धित समितिहरूको …….महासचिव / मुख्य सचिवहरूले अध्यक्षसँग सरसल्लाह गरी ७ दिनको समय दिएर कार्यसूचिसहित पदाधिकारी अनि कार्यकारिणी सदस्यहरूलाई सूचित गर्नेछ|

२. मग सभा:

संगठनको १/६ भाग सदस्यले मॉंग गरेको खण्डमा १० दिन भित्र यो सभा डाक्न पर्नेछ| यस सभामा केवल वर्णित कार्यसूचि बाहेक अन्य विषयमा छलफल हुनेछैन | सभामा कार्यकारिणी समितिका सबै सदस्यहरूको उपस्थिति अनिवार्य हुनेछ |

३. आकस्मिक सभा :

  जरूरी स्थिति उत्पन्न भएको खण्डमा समितिको अध्यक्षले ३ देखि ५ दिनभित्र यस प्रकारको सभा डाक्न सक्नेछन्| यस्ता सभामा केवल उत्पन्न परिस्थितिको समाधानको निम्ति विचार विमर्श एवं कार्यवाही गर्ने ब्यवस्था गरिनेछ | यस सभामा कम भन्दा कम ७ जना कार्याकारिणी सदस्य (पदाधिकारी लगायत) उपस्थित हुन पर्नेछ |

४. स्थगित सभा:

  तोकिएको समयको ३० मिनटसम्म गणपुरक संख्या १/३ अंश पूरा नभए अध्यक्षले अर्को ३० मिनटको निम्ति सभा स्थगित राख्न सक्नेछ | यसरी स्थगित राखिएको सभा ३० मिनट पश्चात पुन: बस्दा गणपुरक संख्याको आवश्यकता पर्ने छैन|

५. आम सभा :

  आम सभा केवल साधारण सदस्यहरूलाई संगठनको गतिविधि एवं कार्यक्रमबारे जानकारी दिनलाई आयोजन गरिनेछ| आम सभा केन्द्रीय, राज्य, अनि राज्यअन्तर्गत समितिका पदाधिकारीगणलाई उपस्थित भई दिनलाई समयमानै निमन्त्रणा पत्र पठाउनु पर्नेछ| 

परिच्छेद – १३

धारा ३७) लेखा परीक्षण एवम हर-हिसाब प्रतिपालन :

१) केन्द्रीय समितिको अध्यक्षले संगठनअर्न्तगत रहेका सम्पूर्ण स्तरमा गठित समितिहरूको आयब्ययको लेखा परीक्षण आन्तरिक तथा बाह्य लेखापालद्वारा परीक्षण गर्ने आदेश जारी गर्नेछन् | तोकिएको अवधिभित्र लेखा परीक्षण हुन नसकेको खण्डमा राज्य समिति भए केन्द्र समितिले , अञ्चल वा शाखा समिति , विविध भए राज्य समितिद्वारा हस्तक्षेप गरिनेछ र केन्द्रीय समिति कहॉं प्रस्तुत गरिने प्रावधान रहनेछ | यस्तो अवस्थामा आन्तरिक तथा वाह्य लेखापालद्वारा सम्बन्धित समितिको हरहिसाबको लेखा परीक्षण गराईने र हिसाबको गडबडी भएको रिर्पोट प्राप्त भएको खण्डमा यस्ता समितिलाई केन्द्रीय समितिद्वारा भंग गर्ने र अर्को समिति पुन: गठन गर्ने क्षमता रहने छ |

२. संस्थाले society Registration Act under section 15 (1) (a) (b) बमोजिम हर-हिसाब वहीपत्र प्रतिपालन गर्नेछ | योग्यताप्राप्त लेखापालद्वारा संस्थाको हर-हिसाब लेखा परीक्षण गराउनेछ |

धारा ३८) संविधान संशोधन:

१. स्मृतिपत्र अनि नियम परिवर्तन-

  स्मारकपत्र अनि नियमहरू परिवर्तित, संशोधित गर्न सकिन्छ | जोडन अथवा रद्द गर्न सकिन्छ| यसको निम्ति विशेष रूपले डाकिएको साधारण सभामा संस्थाका साधारण सदस्यहरूको ३/४ भागको बहुमतले विशेष प्रस्ताव पारित भएको हुनुपर्दछ | संस्थालाई सुचारू रूपले सञ्चालन गर्न आवश्यक परेअनुसार उपनियम अनि नियमहरूमा परिवर्तन, संशोधन अथवा रद्द गर्ने अधिकार कार्यकारिणी समितिमा रहनेछ |

२. संविधानको कुनै धारा लिएर विवादपूर्ण स्थिति उत्पन्न भएमा केन्द्रीय समितिको निर्णय  नै अन्तिम र सर्वमान्य ठहरिन्छ|

३९) मुद्दा अनि कानुनी कार्वाही:

  संस्थाको पक्षमा अथवा विपक्षमा सबै मुद्दा अनि कानुनी कार्वाही महासचिवको नाउँमा अथवा संस्थाद्वारा नियुक्त गरिएका व्यक्तिको नाउँमा हुनेछ |   

क) संगठनका सम्पूर्ण सदस्यहरूको संख्याको २/३ भाग उपस्थित भएको सभामा२/३ भाग सदस्यहरूको मतले संस्था विघटन हुनेछ | संस्थाको चलअचल सम्पति Society Registration Act अनुसार हुनेछ |

ख) जाति बॉंचुन्जेल यो संगठन बचाउन,  बचाई राख्न प्रत्येक सदस्यको महान कर्त्तव्य रहनेछ|

परिच्छेद१४

क)    प्रवेश शुल्क: नयाँ सदस्यको प्रवेश शुल्क रू ३००/- (तिन सय) मात्र ।

ख)    मासिक सदस्यता शुल्क: रू ५०/- (पचास) मात्र ।

ग)    अंश विभाजनप्रवेश शुल्क पूर्ण केन्द्रीय कमिटीलाई।

        मासिक शुल्क- शाख कमिटीलाई४०%

        आषञ्चलिक/जिल्ला कमिटीलाई३०%

        राज्य कमिटीलाई२०%

        केन्द्रीय कमिटीलाई- १०%

घ)          दान : धारा-२ को (ण) मा उल्लेख।

ङ)          अनुदान: धारा-२ को (त) मा उल्लेख।

च)    विशेष अभियान : विशेष कोष संग्रह गर्ने अभियान सबै स्तरको कमिटीले गर्न सक्नेछन्।

छ)    केन्द्रीय समिति सदस्यहरूको वार्षिक अनुदान रू ५००/- र योभन्दा बेसी स्वेच्छाले दिन सक्ने छन्।

ज)    राज्य समितिमा कार्यकारिणि सदस्यहरूको वार्षिक अनुदान रू ५००/- र यो भन्दा बेसी स्वइच्छाले दिन  सक्नेछन्।

झ)    कुनै पदाधिकारी वा सदस्य केन्द्र र राज्य दुवै कमिटीमा भए कुनै एक कमिटीमा मात्र अनुदान दिन पर्ने छ।

ञ)       कोष संचालन: १) संविधानमा उल्लेखित धारा ४० को उपधारा क,ख,छ बाहेक राज्य कमिटीले अन्य बित्तीय  नियमहरू  बनाउन सक्ने छन्।

                                  २) अक्षय कोषको रूपमा प्राप्त रकम फिक्स डिपोजिट (FD) गर्न सकिन्छ र यसको ब्याजले संगठनको लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति खर्च गरिने।

ट)  भाषा एवं संस्कृति कोष –

ठ) विपद व्यवस्थापन कोष ( त्राण र कल्याण)

ड) भवन‌ निर्माण कोष-

ण) आवश्यकताअनुसार अन्य कोषको स्थापना गर्ने।

२) परिचय पत्र: सदस्यको परिचय पत्र केन्द्रीय कमिटीले दिने छ। परिचयपत्र को मान्यता सदस्यता नवीकरण भएसम्मलाई रहनेछ।

परिच्छेद – १५

धारा –४१) विविध:                                                                                                                                                                          

क) राज्य समितिको प्रशासनिक रूपरेखा

  अखिल भारतीय नेवार संगठन एक पञ्जीकृत संस्था भएकोले र यसमा केन्द्रीय समितिअर्न्तगत विभिन्न राज्यहरूमा राज्य समितिहरू गठन गरिने प्रावधान रहेकोले साधारणतय संगठनको नियमावलीहरू सबै राज्य समिति र अन्य समितिहरूमा पूर्णरूपले लागु रहनेछ | सबै राज्यहरूमा एकै प्रकारको प्रशासनिक व्यवस्था अनि परिवेश नहुनाले एकै प्रकारको सांगठनिक ब्यवस्था अप्नाउन असुविधा भएमा केन्द्रीय समितिको पूर्वअनुमात लिएर अन्य प्रावधानको व्यवस्था राख्न सकिन्छ | यस्ता प्रावधानहरू केवल सम्वन्धित राज्यहरूमा कार्यरूपमा परिणत गरिनेछ औ सबै संविधान अन्तर्गत सलंग्न गरिने छन्।

नोट: विविध परिच्छेदमा विघटन अन्तमा धर्मावलम्बी नेवारहरूको निम्ति कति के कस्तो प्रावधान राख्न सकिन्छ विचारणीय छ | जात प्रमाण पत्र दिन अन्य धर्मावलम्बीलाई दिन सकिन्छ यसको व्यवस्था संगठनले उल्लेख गरेको छ | जातको परिचयपत्र विषय उपनियम हेर्नुहोला |

परिच्छेद – १६

धारा४२

को) संगठनको सम्पूर्ण सदस्यहरुको संख्याको २/३ उपस्थित भएको आम सभामा ३/४ भाग सदस्यहरूको बहुमतले संस्था बिघटन हुदछ । यस परिस्थितिमा संस्थाको चल-अचल सम्पत्ति (society Registration Act ) पञ्जीकृत संस्थाको ऐनबमोजिम रहनेछ।

ख) जाति बाचुन्जेल यो संगठन बचाउन  बचाइ राख्न प्रत्येक नेवार अनि संगठनका प्रत्यक सदस्यको महान र परम कर्त्तव्य रहनेछ।

अनुसूची १

अष्टमंगलको नक्सा

संगठनका कार्यकलापहरू 

अध्यक्ष तथा महासचिवको संयुक्त प्रतिवेदन

दार्जीलिङ नेवार संगठनको जन्म यसै दार्जीलिङ जिल्लाको कान्छो शहर मिरिकमा दिनाङ २३.६.१९९३ को दिन सर्वश्री जयनारायण प्रधान, अरूणभक्त प्रधान र सुनिता नेवार जोशीको संयुक्त बैठकमा विधिवत् ढंगले भएको थियो, जसका अध्यक्ष श्री अरूणभक्त प्रधान र सचिव श्री सुनिल नेवार जोशी रहेका थिए|

वयोवृद्ध सदस्यको रूपमा माननीय संस्थापक श्री जे० एन० प्रधान (सौरेनी) को सहयोग सराहनीय छ| यसमा अन्य धेरै नेवार साथीभाइहरूका योगदान पनि यति विघ्न छन् कि जसलाई यो सानो स्मारिकामा अटाउन म असमर्थ छु | यो नेवार संघ प्रकट-प्रसार हुन लाग्दा विभिन्न विशिष्ट महानुभावहरूसित भेटघाट जारी रहयो| बीचमा कठिनाइहरू झेल्दै भए पनि २३ र २४ दिसम्बर १९९५ को दिन कालेबुङ रकभेल एकाडमीमा यस संगठनको दोस्रो अधिवेशन सम्पन्न गरियो | यस अधिवेशनको पूर्ण सफलताले संगठनको गौरव औधि बढ्यो | सांगठनिक विषयबाहेक नेवारहरूले भुलिसकेको आफ्नो संस्कृतिलाई नेवारहरूको समक्ष मात्र नभएर समग्र जनसमुदाय अघिल्तिर दर्शाउने काम यहीं भयो | यस सफलताका भागीहरू काठमाडौंका मंक खलः लगायत विर्तामोड़, झापाका पासा मुना पुचः नामक नेवार संस्थाहरू पनि बन्छन्| हाम्रै पाखा भित्तातिर आइदिएर यसरी अस्तित्व गुमाएर बसेका हामी जस्ता नेवारहरूलाई सांस्कृतिक ढंगले जगाइदिने काम गरिदिनुहुने उपर्युक्त संस्थाहरूप्रति हामी ऋणी रहेको कुरा यसै स्मोरिकाअन्तर्गत पनि प्रकट गरिरहेछौं| यो अधिवेशनको सफलताको श्रेय कालेबुङ शाखा समितिका सभापति श्री भानुभक्त प्रधान लगायत उनका सम्पूर्ण सहयोगीहरूलाई जान्छ| तर यस अधिवेशनमा संगठनको नयॉं चुनाव चाहिं हुन नसक्दा दिनाक १६. ०५.९६ को दिन दार्जीलिङ गोर्खा दुःख निवारक सम्मेलन भवनको पुस्तकालय कक्षमा श्री ए० वी० प्रधानले आफ्नो पुरानो समिति भंग गरेपछि श्री भाइचन्द्र प्रधानको अध्यक्षतामा नयॉं केन्द्रीय कार्यकारिणी समितिको गठन गरियो | यस नयॉं समितिका पदाधिकारी मण्डलीको चुनाव यसरी भयो-

सभापति श्री डी० एन० प्रधान, दार्जीलिङ्ग, उपसभापति सर्वश्री बादशाह प्रधान, रिम्बिक र एम० के० प्रधान भाइचन्द प्रधान, कालेबुङ, महासचिव श्री देवकुमार प्रधान, सोनादा, सचिव श्री पी० एल० जोशी, मिरिक, सह सचिव श्री सी० के० प्रधान, कालेबुङ, सह सचिव श्री महेन्द्र प्रधान, रिम्यिक, कोषाध्यक्ष श्री कृष्णमिलन प्रधान, दार्जीलिङ |

कार्यकारिणी सदस्यवर्ग :-

दार्जीलिङबट सर्वश्री खुशनारायण प्रधान, के० एन प्रधान (कस्तुरी ट्राभल्स), जी० एन० प्रधान, एन० एल० प्रधान, लक्ष्मण प्रधान, आर० बी० प्रधान, सन्तोष प्रधान (अवकाशप्राप्त क्याप्टन), टी० पी० प्रधान, सौरेनीबाट सर्वश्री रत्न प्रधान, गणेश नारायण प्रधान, एम० के० प्रधान (भूतपूर्व डी० एस० पी०), श्रीमती मीना प्रधान, श्री दिलबहादुर प्रधान, खरसाङबाट सर्वश्री पी० पी० प्रधान, ए० बी० प्रधान, डी० के० प्रधान, किशोर प्रधान, श्रीमती हीमा प्रधान, जयगाउँमा श्रीमती शान्ति प्रधान श्री कालिदास प्रधान, मिरिकबाट सर्वश्री मणिकुमार नेवार जोशी र बी० आर० प्रधान, साङमाबाट ललित कुमार प्रधान, सेलिम्बोङबाट श्री आर० बी० मास्के र श्री एन० बी० प्रधान, नागरीबाट श्री बी० बी० प्रधान, रिम्बिकबाट श्री जी० आर० प्रधान, कालिम्पोङबाट श्री सी० एल० प्रधान र अजय प्रधान, सुनदहबाट श्री सूर्य श्रेष्ठ, डुवर्स थाम्राकोट शाखाबाट श्री मणि प्रधान, श्री शिवकुमार प्रधान र श्री नारायणदास प्रधान,, श्री मणिकुमार प्रधान र कान्छा नेवार हुन् | सिमबाट सर्वश्री खगेन्द्र प्रधान, राजकेशर प्रधान, भानुप्रकाश प्रधान, योगेन्द्र प्रधान, पूर्ण कुमार प्रधान |

यस दोस्रो केन्द्रीय समितिका उपलब्धिहरू :-

(क) स्थापना दिवस पालन

संगठनको इतिहासमा प्रथमपटक २० जुन १९९६ को दिन मिरिकको टुरिष्टलजमा गरियो | यो समितिले मूल्याङन गरेअनुसार यसै उपलक्ष्यमा सर्वश्री जे० एन० प्रधान (सौरेनी), ए० बी० प्रधान (मिरिक), र सुनील नेवार जोशी (नौ माइल, थबूं चियाबगान) लाई संगठनका संस्थापकवर्ग भनी घोषणा गरेर चिनित गराइयो| नारी शाखा खोल्ने उद्देश्य लिएर श्रीमती गीता प्रधान (दार्जीलिङ) अनि श्रीमती अम्बिका प्रधान (रिम्बिक) ले नेवार नारीहरूलाई आह्वान गर्नुभयो | सभाले श्रीमती प्रेम मिलन प्रधानको यस संगठनप्रति उत्सुकता र चासो देखेर उहॉंलाई संयोजिकाको भार पनि यसै सभाद्वारा सुम्पियो| १. यसरी नै संरक्षक सदस्यहरूको रूपमा निम्न महानुभावहरू हुनुहुन्छ| क) श्री प्रेम मिलन प्रधान (नागरी) |

साभार- दार्जीलिङ नेवार संगठन- स्मारिका- १९९८, पृष्ठ ६३